काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार छिरेका छन् । उनको साथमा अर्थमन्त्री जर्नादन शर्मा पनि छन् । प्रचण्डले देउवासँग एमसीसीलाई निकास दिने महत्वपूर्ण प्रस्ताव लिएर गएको बुझिएको छ । उनले सत्ता गठबन्धन पनि जोगिने र एमसीसीले पनि निकास पाउने उपायसहितको प्रस्तावबारे छलफल केन्द्रित गरेका हुन् […]