काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार सर्ने भएका छन्।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधवार बालुवाटारबाट महाराजगञ्जमा भाडाको घरमा सरेका छन्। देउवा बालुवाटारबाट सरेपछि प्रचण्ड बालुवाटारमा जाने तयारीमा लागेका हुन्। प्रचण्डको सचिवालयले भने प्रधानमन्त्री भोली मात्रै बालुवाटार सर्ने जानकारी दिएको छ।
देउवाको बालुवाटारमा बसाइ यसपटक १८ महिना रह्यो। २०७८…