दुःख के हो ? त्यो भोग्नेलाई थाहा हुन्छ । समयको महत्त्व कति हुन्छ, त्यो एक सेकेण्डको अभावमा पीडा भोगेकालाई थाहा हुन्छ । हो, बारा निजगढका मनोज भारतीलाई त्यही दुःखको भोगाई र समयको महत्व कोरियाले राम्रो पाठ सिकाएको छ । सायद नेपालमै बसेको भए उनले आफ्नो उडान यतिसम्म भर्न सक्ने थिएनन् । उनको उडानको गति असीमित बनिरहेको छ । निरन्तर एकपछि अर्को सफलता हात पार्दै आएका छन् ।विदेशबाट फर्किएकाहरूले भन्ने एउटै कुरा हुन्छ– नेपालमा केही छैन, केही गर्न सकिदैन । तर, मनोजले यी सबै कुरालाई गलत सावित गरिदिएका छन