नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता शेयर विक्री गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले पुनर्बीमामा रहेको आफ्नो २० लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । कम्पनीले शेयर विक्रीका लागि मंगलवार सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार मङ्सिर २६ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सकिने छ । कम्पनीले सो शेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ । कम्पनीले न्यूनतम १ लाख कित्तादेखि अधिकतम २० लाखसम्मका लागि आवेदन दिन सकिने जनाएको छ ।  कम्पनीले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिइने जानकारी गराएको छ । कम्पनीले थापागाउँस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिने जनाएको छ ।

सम्बन्धित सामग्री

हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा सुरु

काठमाडौं, २९ चैत्र । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सुरु भएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्ससहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरूले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले हिमालयन एभरेष्टको २ दशमलव ७५  प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सको ३ दशमलव ३२५ प्रतिशत र स्वाभिमान लघुवित्तको २०  प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात् स्वाभिमान लघुवित्तको शेयर मूल्य रू. १ हजार ५० कायम भएको छ भने हिमालयन एभरेनष्ट इन्स्योरेन्सकोे रू. ४०८ दशमलव ७६ र प्रुडेन्सियल इन्स्योरेन्सको रू. ४०० दशमलव ६८ कायम भएको छ । नेप्सेले बिहीवार भएको कारोबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा स्वाभिमान लघुवित्तको शेयर प्रतिकित्ता रू. १ हजार २६०, हिमालयन एभरेष्टको रू. ४२० र हिमालयन एभरेष्ट इन्स्योरेन्सको रू. ४१४ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतवार  दोस्रो बजारमा यी कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २.८९ प्रतिशत लाभांश दिने

२८ पुस, काठमाडौं हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २.८९ प्रतिशत लाभांश दिने भएको छ । २६ पुस मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल काय चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ […]

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सचिवमा ध्रुवप्रसाद न्यौपाने नियुक्त

काठमाडौं।  हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सचिवमा धुवप्रसाद न्यौपाने नियुक्त भएका छन्। हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा

साउन १ गतेदेखि ’हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ । बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले […] The post साउन १ गतेदेखि ’हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार साउन १ गतेदेखि

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ। बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो। दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव […]

साउन १ गतेदेखि 'हिमालयन एभरेष्ट इन्स्योरेन्स'को संयुक्त कारोबार सुरु हुने

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जर पछि  हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ । बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्ने

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्ताव पारित

६ असार, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारणसभाले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेको छ । २ असारमा भएको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यी दुई कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड राख्ने र सो कम्पनीबाट निर्जीवन बीमा व्यवसाय गर्नेसम्बन्धी […]