मुस्ताङ - मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एअरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएको छ ।
गएकाे जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको ज्यान गएकाे थियाे। भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोँच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एअरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।
टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाट...