केपी ओली नेतृत्वको सरकारमा बनमन्त्री रहँदा आफ्नै अभिव्यक्ति र कार्यशैलीले आलोचनाका पात्र बनेका प्रेम आले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने त्यसको ठीक विपरित प्रशंसाका पात्र बनेका छन् । देउवा प्रधानमन्त्री बनेको ६ महिना बितिसक्दा उनी नेतृत्वको सरकारको ‘लाज’ सिङ्गै आलेले ढाकिदिएको भनेर टिकाटिप्पणी समेत हुने गरेको छ । हुन पनि परमादेशमार्फत सरकारको नेतृत्वमा आएको देउवा नेतृत्वको सरकारले उल्लेखनीय त्यस्तो काम नगरेको जनगुनासो छ । भारतले नेपाली भूभागमा सडक विस्तार गर्दासम्म दुई सातासम्म सरकार चुक्क बोलेन । आइतबारमा...