काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुमवासीहरूकाे समस्या समाधानका उपाय बताएका छन्। २०६८ सालमा आफू प्रधानमन्त्री हुँदा उपत्यकाका सुकुमवासीहरूको समस्या समाधानका लागि बालाजुस्थित रानीवन नजिकै बनेको अपार्टमेन्टमा सुकुमवासीको व्यवस्थापन हुनुपर्ने उनले सुझाव दिएका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष डा. भट्टराईले ‘गाँस, बास र कपास’ सबै नागरिकको मौलिक अधिकार भएको र त्यो पूरा गर्नु