सामुदायिक वनमा तेजपात

तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित विभिन्न सामुदायिक वनमा तेजपात (दालचिनी) का बिरुवा रोपन गरिएको छ । सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यले डिभिजन वन कार्यालय तनहुँको सहयोगमा चार सामुदायिक वनमा तेजपातको बिरुवा रोपन गरिएको हो । उत्तर फर्केका तथा चिसो हावापानी भएको क्षेत्रमा अन्य बिरुवाभन्दा तेजपातको राम्रो सम्भावना भएकाले मल्याङ, कवादी सालडाँडा, धुसेनी र बसनखन्डी सामुदायिक वनमा ३४ हजार ४०० तेजपातको बिरुवा रोपन गरिएको डिभिजन वन प्रमुख केदार बरालले बताए ।

सम्बन्धित सामग्री

स्वास्थ्यलाई फाइदाजनक तेजपात प्रयोग कसरी गर्ने ?

खानाको स्वाद र बास्ना बढाउन तेजपात अर्थात् तेजपत्ताको प्रयोग गर्ने चलन पुरानै हो । सामान्यतया चिया वा तरकारीमा स्वादको लागि मसलाको रुपमा उपयोग गरिने तेजपात स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक हुन्छ । सुगन्धित स्वाद हुने यसको …

बढेन तेजपातको मूल्य

बेलबारी (मोरङ), २० पुस । मूल्य लगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा कम मूल्य पाएको किसानको गुनासो छ । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो । मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीका नगेन्द्रकुमार खाण ठकुरीले एक सयभन्दा बढीको सङ्ख्यामा तेजपातका […]

वन दिवसको अवसरमा सिद्धथान सामुदायिक वनमा वृक्षारोपण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सिद्धथान सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । सातौँ सामुदायिक वन दिवस २०७९ को अवसर पारेर डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघको संयुक्त आयोजनामा बिहीबार सामुदायिक वन तथा सामुदायिक वनको भवन आसपासमा रुद्राक्ष, तेजपात, मसला, दाँते ओखर, पैयुँ लगायतका रुखका बिरुवा रोपिएको हो ।   दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका […]

विश्व वातावरण दिवसमा वृक्षरोपण

गुल्मी : विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ।जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर–९ मा रहेको धरामुल सामुदायिक वनको क्षेत्रमा ६ प्रकारका एक सयभन्दा बढी बिरुवा रोपेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए।रोपिएका बिरुवामा कल्की, धुपी, पारिजात, तेजपात, रिठा र चाँप रहेको सापकोटाले बताए। पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने नाराका साथ बिरुवा रोपिएको हो।बिरुवा रोप्दै गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद

तेजपातको उचित मूल्य नपाउँदा कृषक निराश

उदयपुर, ८ मङ्सिर । जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात (सिन्कौली) खेती गर्दै आएका कृषकले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा कृषक निराश बन्न थालेका छन् । जिल्लामा लामो समयदेखि तेजपात उत्पादन गर्दै आएका कृषकले पाँच÷छ वर्षदेखि अहिलेसम्म पनि पुरानै बजार मूल्यमा तेजपात बिक्री गर्नु परेका कारण आफूहरूले […]

आर्थिक समृद्धिमा तेजपात

अपार सम्भावना बोकेको महत्त्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्त्वपूर्ण साधन हुन् । वर्षेनि अर्बौं धनराशीको विभिन्न गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरूको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा विक्रीवितरणबाट अर्बौं धनराशी वर्षेनि भित्रिने गरेको छ । यार्सागुम्बालगायत अन्य महत्त्वपूर्ण जडीबुटीको विक्रीवितरणबाट दार्चुला, जुम्ला तथा डोल्पाजस्ता जिल्लामा करोडौं रुपैयाँ वर्षेनि जिल्ला भित्रिने गर्छ । यसैगरी मध्यपहाडका विभिन्न जिल्लाबाट पनि लाखौं, करोडौं मूल्य बराबरको जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विदेश निकासी भएर गइरहेको पाइन्छ । बेग्लैखालको बहुउपयोगी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार ‘तेजपात’ को आर्थिक महत्त्व रहेको छ । तेजपातको स्थानीय नाम तेजपात, सिनकौली, सिन्काउली, नेपाली दालचिनी हो । यसको अंग्रेजी नाम सिनामन र वैज्ञानिक नाम सिनामोमस् तमाला हो । लउरेसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पतिको उचाइ औसत १५ मीटरसम्म हुने एक सदावहार भ्mयाम्म परेको रूख हो । यो रूखको पातलाई तेजपात भनिन्छ र बोक्रालाई दालचिनी भन्ने चलन छ । यो समुद्री सतहबाट ४०० मीटरदेखि २००० मीटरसम्म उचाइमा पाइन्छ । यो पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म पाइने भए तापनि पश्चिम नेपालमा बढी मात्रामा पाइन्छ । धेरैजसो यसका पातहरू मसलाका रूपमा सोझै प्रयोग हुन्छ । यसका पातहरूमा सुगन्धित तेल पाइन्छ भने बोक्राहरू नेपाली दालचिनीका रूपमा निकासी हुने गरेको पाइन्छ । तेजपात १५०० मीटर उचाइसम्म ह्युमसयुक्त कालो माटो भएको ठाउँमा बढी फस्टाउँछ । यो चिलाउने, च्युरी, चुत्रो तथा खोटेसल्लो भएको वनमा मिसिएर रहेको हुन्छ । तेजपात मसलाका रूपमा बढ्दो बजारका कारण पहिलेपहिले जंगलबाट संकलन गरेर मात्र पठाउने प्रचलन रहे तापनि हाल आएर यसको खेती बढ्दै गएको छ । पाल्पा र उदयपुरलगायत नेपालका अन्य विभिन्न जिल्लामा समेत व्यावसायिक खेती शुरू भएको पाइन्छ । मकवानपुर, सल्यान, रूकुम, रोल्पा, दैलेख, बैतडी आदि जिल्लामा निजी तथा सामुदायिक वनहरूमा समेत यसको खेती गरिएको पाइन्छ । कलमीबाट रोपेको बिरुवाहरू ४ देखि ५ वर्षपछि बाली लिन उपयुक्त हुन्छ भने बीउबाट उमारिएको बिरुवाबाट ७ देखि ८ वर्षपछि मात्र बाली लिन सकिन्छ । तेजपातको पातहरूबाट वर्षको एकपटक पात्र बाली संकलन गर्न सकिन्छ । तेजपातको आयु ७० देखि ८० वर्षसम्म हुने भएकाले यसबाट निरन्तर बाली संकलन गर्न सकिन्छ । तेजपातको पात वा यसको बोक्रा संकलन गर्दा सुक्खा महीना जस्तै असोजदेखि वैशाखभित्र गर्दा उपयुक्त हुन्छ । यसको पात संकलन गर्दा रूखका मसिना हाँगाहरू भाँचेर संकलन गरिन्छ । यसको पात संकलन गर्दा पूरै रूख नाङ्गो हुनेगरी संकलन गर्नु हुँदैन । संकलन गरिएका मसिना डाँठसहितका पातहरू ३ देखि ४ दिनसम्म घाममा सुकाई सानासाना मुठा बनाई राख्नुपर्छ । सुकेपछि जुटका बोरमा हाली ओभानो ठाउँमा भण्डारण गर्नुपर्छ । तेजपातको ५ देखि १० वर्षका रूखहरूबाट १०० किलोग्रामसम्म, १० देखि १५ वर्षका रूखहरूबाट १०० देखि २०० किलोग्रामसम्म र त्योभन्दा माथि उमेरका रूखहरूबाट २०० देखि २५० किलोग्रामसम्म पात प्राप्त हुने गछै । साथै, बिरूवा लगाएको ५ देखि ७ वर्षपछि तेजपातबाट बोक्रा संकलन गर्न सकिन्छ । तेजपातमा उपयोग हुने भनेको बोक्रा र पात हो । व्यापारिक प्रयोजनका लागि गैरकाष्ठ वन पैदावारमा तेजपातले एउटा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । यसको पात पेटको दुखाइ निको पार्ने औषधिको प्रयोग गरिन्छ भने बोक्रा वान्ता रोक्ने, पोटसम्बन्धी रोगको उपचार गर्न, झाडा पखला रोक्न तथा उत्तेजना बढाउने खालका औषधि बनाउनमा प्रयोग गरिन्छ । त्यस्तै यसको तेल हाडजोर्नी, टाउको तथा दाँत दुखेको कम गर्न समेत प्रयोग गरिन्छ । व्यापारिक रूपमा नेपालबाट पात र बोक्रा सोझै अन्य देश पठाइने गरिएको छ जसमा ९० प्रतिशतभन्दा बढी भारत निकासी हुन्छ । निष्कर्षमा नेपाल वन र वनस्पतिको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण छ । यहाँ पाइने करीब ७०० प्रजातिको गैरकाष्ठ वन पैदावार तथा जडीबुटीबाट पर्याप्त आम्दानी तथा लाभ लिनसक्ने सम्भावना हुँदाहुँदै पनि राष्ट्र तथा स्थानीय स्तरमा उल्लेखनीय रूपमा यसको लाभ लिन सकेको देखिँदैन । उपलब्ध गैरकाष्ठ वन पैदावारहरूलाई वैज्ञानिक अध्ययन, दिगो व्यवस्थापन, व्यावसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवर्द्धनद्धारा स्थानीय समुदायको आयस्तामा वृद्धि, रोजगारी सृजना र गरीबी न्यूनीकरणका लागि एउटा भरपर्दाे आधार बनाउन सकिन्छ । यसका लागि सम्बद्ध निकाय सदा क्रियाशील र समर्पित रहनुपर्छ । अतः तेजपात मसला र विभिन्न आयुर्वेदिक औषधिहरू बनाउन प्रयोग हुने भएकाले यसको माग नेपाल, भारत तथा विश्वभरी बढ्दो छ र नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटको आधारमा हाम्रो देशमा तेजपात खेतीको प्रचुर सम्भावना रहेको छ । तेजपात खेतीको यस सम्भावनालाई योजनाबद्ध तरीकाबाट तिनै तहको सरकारले व्यावसायिक रूपमा विकास गरी नेपालमा रहेका विभिन्न आयुर्वेदिक औषधालय तथा मसला बनाउने कम्पनीहरूमा यसको मागलाई पूर्ति गर्न सके देशैमै रोजगारीको सृजना गरी देश आर्थिक चलायमान बनाउन सकिने थियो । लेखक गुणस्तीय जीवनसम्बन्धमा विद्यावारिधि हुन् ।

सल्यानबाट २३ लाख किलोग्राम जडीबुटी निकासी

सल्यान : सल्यानबाट गत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १० प्रजातिका २३ किलोग्रामभन्दा धेरै जडीबुटी निकासी भएको छ।जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वन, पाखोबाट संकलन गरिएका २३ लाख ११ हजार ९ सय ५० किलो जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। जिल्लाबाट राष्ट्रिय वनतर्फ टिमुर ८८ हजार किलो, रिठ्ठा दुई लाख ३२ हजार ५०० किलो, तेजपात ६८ हजार ५५२, घोडेताप्रे ५०० , बज्रदन्ती २०५, अमला एक हजार किलो, चुत्राको बोक्रा २५ हजार किलो, पाखनभेद ३२ किलो, काउलोको बोक्र

आयआर्जनका लागि वनमा फलफूलका बिरुवा रोपण

बनेपा, २६ साउन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित न्यौपाने गाउँका होमनाथ न्यौपानेले सोमबार थुम्कीडाँडा सामुदायिक वनमा एभोकाँडोको बिरुवा रोपे । गाउँमा नै फलफूल नर्सरी राखेर वार्षिक ३०-३५ हजार आम्दानी गर्दै आएका उनले सामुदायिक वनमा पनि फलफूल रोप्न पाएकोमा खुशी व्यक्त गरे । उनले मात्रै होइन, सो सामुदायिक वनका अन्य उपभोक्ताले पनि कागती, तेजपात र एभोकाँडोका […]

कोरोना तर्साउने नेपाली शैलीकी जय

पोहोरको लकडाउनले गरिब नेपालीको लक मात्रै डाउन भयो, कोरोना डाउन भएन । यसपालिको निषेधाज्ञाले मान्छेलाई मात्रै निषेध गर्यो, कोरोनालाई छेकेन । हर्रो, बर्रो, बेसार पानी, गुर्जो, दालचिनी, असुरो, तुलसी, तेजपात, पानको पात सबैलाई कोरोनाले मर्स्याङ्दी सलल बनाइहाल्यो । हुँदाहुँदा बल्लतल्ल लगाउन पाइएको खोपले पनि कोरोनाको मुटुमा ऐया हुने गरी चोट लागेजस्तो देखिएन । थाम्दाथाम्दै, छेक्दाछेक्दै कोरोना नानाथरीको औतार देखाएर जिस्काइरहन्छ । देख्लास्, पख्लास् भन्दै ङिच्च दाह्रा देखाएर झम्टिरहन्छ । पहिले कोरोनाको अर्कै औतार, अहिले कोरोनाको...

गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण

काठमाडौँ । गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ । गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी आमा समूहलगायत संस्थाको सहभागितामा गुर्जो रोपिएको हो । ती स्थानमा तेजपात र कोइरालालगायतका औषधिजन्य वनस्पति पनि रोपिएको छ । देशव्यापीरूपमा गुर्जोका बिरुवा रोप्ने अभियानमा लागेका अभियानकर्मी […]