पोहोरको लकडाउनले गरिब नेपालीको लक मात्रै डाउन भयो, कोरोना डाउन भएन । यसपालिको निषेधाज्ञाले मान्छेलाई मात्रै निषेध गर्यो, कोरोनालाई छेकेन । हर्रो, बर्रो, बेसार पानी, गुर्जो, दालचिनी, असुरो, तुलसी, तेजपात, पानको पात सबैलाई कोरोनाले मर्स्याङ्दी सलल बनाइहाल्यो । हुँदाहुँदा बल्लतल्ल लगाउन पाइएको खोपले पनि कोरोनाको मुटुमा ऐया हुने गरी चोट लागेजस्तो देखिएन । थाम्दाथाम्दै, छेक्दाछेक्दै कोरोना नानाथरीको औतार देखाएर जिस्काइरहन्छ । देख्लास्, पख्लास् भन्दै ङिच्च दाह्रा देखाएर झम्टिरहन्छ । पहिले कोरोनाको अर्कै औतार, अहिले कोरोनाको...