नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पूर्वी नेपालमा आंशिक रहेको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी ठप्प छन् भने बजार, पसल, उद्योगलगायत खुल्न सकेका छैनन् । पूर्वी नेपालमा सार्वजनिक यातायात साधान नचल्दा नागरिकलाई हैरानी भएको छ । तर अन्य सवारी साधन भने फाटफुट रुपमा राजमार्गमा गुडेका छन् ।सार्वजनिक सवारी साधान नचलेका कारण कतिपय ठाउँमा गन्तव्यमा हिँडेका यात्रु बजार र चोक–चोकमा अलपत्र परेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल