मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटमाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभाको बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल प्रारम्भ भएको हो । आजको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि समान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले समग्रमा बजेट प्रदेशलाई नयाँ आयाम दिने किसिमको भएको र यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । प्रदेशसभा सदस्य रामआशिष या