राप्रपाका सांसद राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा सैद्धान्तिक रुपमा उपसभामुख प्रतिपक्षको हुनुपर्ने बताएका छन् । उपसभामुख चयनका लागि प्रतिनिधिसभामा परेका प्रस्तावमाथि दलीय आधारमा धारणा राख्दै लिङ्देनले सो कुरा बताएका हुन् । ‘दलीय स्वार्थ, सत्ता स्वार्थका कारणले महत्वपुर्ण निर्णयहरु लामो समयसम्म अल्झिएर बस्ने गरेका छन् । त्यसैको सिकार उपसभामुख पद पनि भएको थियो, ढिलै भएपनि संसदले उपसभामुख पाउने भयो’, लिङ्देनले भने, ‘सैद्धानितक रुपमा सभामुख एउटा दलको भए उपसभामुख अर्को