भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा चुनाव प्रचारका क्रममा मुख्यमन्त्री ममता बनर्जीमाथि शाब्दिक आक्रमण गरेका छन् ।
उनले दिदी, दिदी भन्दै ममतालाई तारो बनाउँदै भाषण दिए ।
जयनगरमा एक सभालाई सम्बोधन गर्दै उनले विगत केही समययता ममता दिदीको फैसलाबाट बंगालको राजनीतिको ओपिनियन पोल पनि एक्जिट पोल पनि बनेको बताए ।
‘
दिदी आरम्भिक रुझान थाहा पाएपछि भवानीपुर सीट छोडेर नन्दीग्राम पुगिन् । नन्दीग्राम गएपछि उनलाई त्यहाँ गएर गल्ती गरिएछ जस्तो लागेछ । रिसाएर उनी नन्दीग्रामका जनतालाई अपमान ...