काठमाण्डौ – विभिन्न राजनीतिक पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने क्रियाशील नेत्रीहरूले माग गरेका छन् । काठमाण्डौको राष्ट्रिय महिला आयोगको भवनमा आज मङ्गलवार भएको ‘राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक कार्यक्रममा सहभागी नेत्रीहरूले एक तिहाइ महिला सहभागिताको माग गरेका हुन् ।
अखिल नेपाल महिला सङ्घका संयोजक तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला सहभागितालाई महत्त्वका साथ हेरेको बताउनुभयो । उहाँका अनुसार संवैधानिक हिसाब...