जीवन तामाङ/ खोटाङ ।
कतार जाने बेलामा मेरो भिसा ट्याक्सी ड्राइभरको थियो । ट्याक्सी चलाउनै आउँदैन अनि ट्याक्सी ड्राइभरको भिसामा गएर के गर्नुभन्दा म्यानपावरले काम उतै गएपछि सिकिन्छ भन्यो ।
त्यहाँ गएपछि थाहा भयो काम विदेश गएर हैन नेपाल मै सिकेर जानु पर्ने रहेछ । सीप नसिकी विदेश गएपछि काम सिक्ने हैन आकाशका तारा देखिने रहेछ ।
यहाँबाट जाँदा कागजात पनि सबै ट्याक्सी ड्राइभरको कामको थियो । म्यानपावरले एयरपोर्टमा केही सोधेमा ट्याक्सी ड्राइभर हुँ भन्नु है भनेको थियो । त्यसै भनियो पनि । तर कतार पुगेपछि त नसोचेको भयो ।&nbs...