अनावश्यक भण्डारण नगर्न आग्रह

नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले प्रशोधित खाने तेलको अनावश्यक मौज्दात र कृत्रिम अभाव नगर्न आग्रह गरेको छ । युक्रेनमाथि रुसले गरेको सैनिक हमलाले नेपालको बजारमा समेत मूल्य वृद्धिको प्रत्यक्ष असर देखिएका चर्चा गर्दै सङ्घले आफ्ना सदस्य उद्योगलाई कृत्रिम अभाव नगरी खाने तेलको आपूर्तिलाई सुचारु राख्न आग्रह गरेको हो । सङ्घले उपभोक्तालाई समेत अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

पोखरामा ‘अक्सिजन बैंक’ स्थापना

कास्की । कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालहरूमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । पोखराका क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कशप एशोसिएशनसँगको सहकार्यमा अक्सिजन बैंक स्थापना गरेका हुन् ।      अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुु¥याउनेगरी अक्सिजन बैंक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन् । ‘अटो मेकानिकल वर्कशपहरूमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालहरूमा उपलब्ध गराउने गरी अक्सिजन बैंक स्थापना गरिएको हो,’ उनले बताइन् । कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आपत्कालीन अवस्थामा कसैलाई पनि अनावश्यक अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै अक्सिजन सिलिण्डर उपलब्ध गराएर आफूहरूको अभियानमा साथ दिन आग्रह गरेका छन् ।    ‘अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर लागिपरेका छौं,’ उनले भने, ‘कोही कसैसँग अक्सिजन ग्यास सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिन आग्रह गर्छौं ।’  रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ लेकसाइड, रोटरी क्लब अफ न्यूरोड, रोटरी क्लब अफ अन्नपूर्ण, रोटरी क्लब अफ फिस्टेल, रोटरी क्लब अफ मिड टाउन र रोटरी क्लब अफ पोखरा लेखनाथले अक्सिजन बैंक स्थापनाको अभियान शुरू गरेका हुन् । गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखराका अस्पतालमा पछिल्लो समय अक्सिजनको माग बढ्दो छ । अक्सिजन प्लान्ट रहे पनि सिलिण्डर अभाव भएपछि स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधिहरू सिलिण्डर खोजीमा जुटेका छन् । रासस

अनावश्यक इन्धन भण्डारण नगर्न आग्रह

कोरोना भाइरसका कारण नेपाल–भारत सीमानाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि नेपाल आयल निगमको रुपन्देहीस्थित भलबारी डिपोले इन्धनको अनावश्यक स्टक नगर्न आग्रह गरेको छ ।

भलवारी डिपोमा इन्धनको पर्याप्त मौजदात

कोरोना भाइरसका कारण नेपाल–भारत सीमा नाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकता भन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि नेपाल आयल निगम भलवारी डिपोले इन्धनको अनावश्यक स्टक नगर्न आग्रह गरेको छ । अहिले सम्म भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको र बजारमा पेट्रोलियम पदार्थको कुनै खालको अभाव नरहेको भन्दै निगमले हल्लाका पछाडि लागेर भण्डारण नगर्न आग्रह गरेको हो ।