कोरोना भाइरसका कारण नेपाल–भारत सीमा नाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकता भन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि नेपाल आयल निगम भलवारी डिपोले इन्धनको अनावश्यक स्टक नगर्न आग्रह गरेको छ ।
अहिले सम्म भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको र बजारमा पेट्रोलियम पदार्थको कुनै खालको अभाव नरहेको भन्दै निगमले हल्लाका पछाडि लागेर भण्डारण नगर्न आग्रह गरेको हो ।