आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धमाधम मतपत्र छपाइको काम भइरहेको छ । जनकशिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी भक्तपुरमा नेपाली सेनाको सुरक्षा घेराका बिच मतपत्र छपाइको काम भइरहेको हो । मतपत्र छपाइका लागि जनकशिक्षामा निर्वाचन आयोगबाट २० जना कर्मचारी खटिएका छन् । सेनाको उच्च सुरक्षा घेराबीच धमाधम मतपत्र छपाइको काम भइरहेको जनक शिक्षाका प्रवक्ता चित्र आर्चायले रातोपाटीलाई जानकारी दिए । मतपत्र छपाइको परिक्षण सकेर नमुना मतपत्र छपाई भईरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा प