मानुषी लघुवित्तको आईपीओ खुला

मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबारदेखि बिक्री खुला भएको छ । बुधबारदेखि बिक्री खुला भएको आईपीओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

मानुषी लघुवित्तको आईपीओ सोमवारदेखि दोस्रो बजारमा, कति पायो ओपनिङ्ग रेञ्ज ?

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर (आईपीओ) असोज ११ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ । दोस्रो बजारमा कारोबारका लागि लघुवित्तले आइतबार कम्पनीले जारी गरेको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सहित आइतवार कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकरण गरेको छ । नेप्सेले लघुवित्तको शेयर दोश्रो बजारमा कारोबारका लागि एमएलबिएस कारोबार संकेत दिएको छ । पहिलो कारोबारका लागि नेप्सेले पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम प्रतिशेयर नेटवर्थलाई आधार मानेर प्रतिशेयर न्युनतम १३२.६९ रुपैय...

मानुषी लघुवित्तको आईपीओ बिक्री खुला

मानुषी लघुवित्त वित्तीय संस्थाले आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । कुल सार्वजनिक निष्कासनमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित […]

मानुषी लघुवित्तको आईपीओ बुधवारदेखि विक्रीमा

साउन २६, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बुधवारदेखि विक्री खुला हुने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि विक्री गरिने छ ।  आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा साउन ३१ गतेसम्म र सो अवधिमा विक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  ।  कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।  आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको सफ्टवेयरबाट पनि  आवेदन दिन सकिने छ । विक्री प्रबन्धक नेपाल एसबिई मर्चेण्ट  बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आव २०७६/ ७७ को बास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको शेयरमूल्यले पहिलो कारोबारको लागि रू.३९८ दशमलव शून्य ७ ओपन रेञ्ज पाउने देखिन्छ ।