जग्गा कित्ताकाटमा रोक लगाउने हेटौँडा उपमहानगरको निर्णय

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले खेतीयोग्य जमिनको बढ्दो खण्डीकरणलाई न्यूनीकरण गर्ने उद्देश्यले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले जग्गाको कित्ताकाटमा रोक निर्णय गरेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो । बैठकले सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी […]

सम्बन्धित सामग्री

कानुनविपरीतका संरचना हटाउन कार्यदल

देशका नगर क्षेत्रहरूमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना र नक्सा स्वीकृतिबिना बनेका संरचना हटाउने लहर चलिरहेको समयमा हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ। उपमहानगरको नगर कार्यपालिकाको बुधबार बसेको बैठकले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना र नक्सा स्वीकृतिबिना बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गर्ने निर्णय गरेको छ। उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बैठकले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका र नक्सा स्वीकृतिबिना बनेका संरचनाको लगत तयार गर्न वडाध्यक्षको संयोजकत्वमा वडा नं. १, २ र ४ का वडासहित रहेको कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

सार्वजनिक जग्गा खोजी गर्दै हेटौँडा उपमहानगरपालिका

हेटौँडा : हेटौंडा उपमहानगरपालिकाले नगरभित्र रहेका सार्वजनिक जग्गाको तथ्यांक संकलन गर्ने भएको छ। उपमहानगरसँग सार्वजनिक जग्गाको तथ्यांक नहुँदा विकासे कार्यक्रम गर्न अप्ठ्यारो भएकाले उपमहानगरको कार्यपालिका बैठकले तथ्यांक संकलन गर्ने निर्णय गरेको हो।  उपमहानगरपालिकाको नाममा भएका जग्गाको संरक्षण नभएको र भएका केही जग्गा पनि...