कानुनविपरीतका संरचना हटाउन कार्यदल

देशका नगर क्षेत्रहरूमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना र नक्सा स्वीकृतिबिना बनेका संरचना हटाउने लहर चलिरहेको समयमा हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ। उपमहानगरको नगर कार्यपालिकाको बुधबार बसेको बैठकले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना र नक्सा स्वीकृतिबिना बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गर्ने निर्णय गरेको छ। उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बैठकले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका र नक्सा स्वीकृतिबिना बनेका संरचनाको लगत तयार गर्न वडाध्यक्षको संयोजकत्वमा वडा नं. १, २ र ४ का वडासहित रहेको कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

अतिक्रमित संरचना हटाउन हेटौंडामा कार्यदल

१५ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिले अतिक्रमण र मापदण्ड विपरीत रहेका संरचना हटाउन कार्यदल गठन गरेको छ । उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले नगरका सम्मूर्ण वडामा नियम विपरीत निर्माण भएका संरचनाको मुल्यांकन र अनुगमनका लागि हेटौंडा १० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको हो […]

हेटौंडामा फोहोर व्यवस्थापन र अवैध संरचना हटाउन कार्यदल गठन

१५ भदौ, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले फोहोर व्यवस्थापन र अवैध संरचना हटाउन कार्यदल गठन गरेको छ । बुधबार बसेको कार्यपालिका बैठकले उपमहानगर भित्र रहेका अतिक्रमित संरचना हटाउन र फोहोर व्यवस्थापन गर्न कार्यदल गठन गरेको उपमहानगरले जनाएको छ । सबै वडामा नियम विपरीत निर्माण भएका संरचनाको मूल्यांकन र अनुगमनका लागि हेटौंडा-१० का अध्यक्ष फुर्वा दोर्जे […]

विद्युत् प्रसारण लाइनको समस्या समाधान गर्न कार्यदल गठन गरिने

असार २, काठमाडौं । विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्ने समस्या समाधान गर्न संघ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ ।  बुधवार आयोजित उपप्रधान तथा अर्थमन्त्री,  गृहमन्त्री, उर्जा, जलस्रोत तथा  सिंचाई मन्त्री, वन तथा वातावरण मन्त्री, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण  मन्त्री, सचिवहरु, नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीको संयुक्त बैठकले संघीय तहमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, वन तथा वातावरण मन्त्रालय एवं भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो । स्थानीय तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरोकारवाला निकाय, स्थानीय तह समेतको सहभागितामा स्थानीय तहको कार्यदल गठन गर्ने निर्णय भएको छ ।  अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार दुवै कार्यदलले जहाँ जहाँ समस्या देखिएका छन्, तिनीहरुलाई समस्या समाधान गर्नेरगराउने व्यवस्था मिलाउनेछन् । यस्तै प्रसारण लाइनको क्षेत्रमा रहेका जग्गा नापी गर्न छुट भएका जग्गा नापी कार्य श्रावण मसान्तभित्र सम्पन्न गर्ने, वन कार्यालयमा पेश भएका पुरक ईआईए असार मसान्त भित्र गर्ने र अन्य ईआईए र आईईई स्वीकृतिको कार्य श्रावण मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको छ ।  बैठकमा वन क्षेत्रको हक भोगको बिषयमा देखिएका असहजता हटाउन समन्वय गर्ने कार्य तत्काल गर्ने, नेपालगञ्ज कोहलपुर दैलेख प्रशारण लाइनको नेपाली सेनाको ब्यारेक रहेका स्थानमा देखिएका समस्या समाधान उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण एवं नेपाली सेनाको प्रतिनिधि रहेको टोलीले दुई महीनाभित्र समस्या समाधान गर्ने निर्णय भएको छ ।  जग्गा अधिग्रहण र क्षतिपूर्तिलाई व्यवस्थित गर्न जग्गा प्राप्ति ऐनमा संसोधनको प्रक्रिया एक महीना भित्र गरी नेपाल सरकार समक्ष पेश गर्ने, विद्युत प्रसारण लाइन निर्माण गरिने/ जग्गा प्राप्तिलाई सहज बनाउन स्थानीय तहले सहजीकरण गर्ने पनि निर्णय गरिएको छ ।  जग्गा अधिग्रहण भई क्षतिपूर्ति वितरण भई सकेको जग्गामा संरचना निर्माण गर्न देखिएका समस्या समाधानका लागि गृह मन्त्रालयले समन्वय र सहजीकरण गर्ने। यस कार्यमा नेपाल विद्युत् प्राधिकरणले गृह मन्त्रालय र स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय पनि भएको छ ।    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रसारण लाइन निर्माणमा देखा परेका समस्याहरुलाई छिम्लदै अघि बढ्नुको विकल्प नभएको बताउँदै उत्पादित विद्युतलाई सदुपयोग गर्ने वातावरण तयार पार्ने बताए ।   उनले विभिन्न ठाउँमा उठाएका जायज मागहरुलाई सम्बोधन गर्ने र नाजायज मागहरु भए राज्यको भद्र उपस्थितिमा भएपनि प्रसारण लाइन निर्माण कार्यलाई अघि बढाउने बताए।  गृहमन्त्री खगराज अधिकारीले परिणाम निकाल्ने गरी काम गर्न जरुरी  भएको उल्लेख गर्दै प्रसारण लाइन निर्माण कार्यलाई अघि बढाउन गृह मन्त्रालयले पूर्ण रुपमा सहयोग गर्ने बताए ।  उर्जा, जलस्रोत तथा  सिंचाई मन्त्री शरतसिंह भण्डारीले विद्युत उत्पादन बढ्ने र प्रसारण लाइनका नभएका कारण बजारसम्म नपुरयाउँदा घाटा व्योहर्न बाध्य हुनु पर्ने भन्दै देखा परेका समस्याहरुलाई हटाउनका लागि सबै निकाय लाग्नु पर्ने धारणा व्यक्त गरे ।  वन तथा वातावरण मन्त्री नारदमुनी रानाले रुख कटान, वातावरणीय प्रभाव मूल्याकंन, भोगाधिकार लगायतमा समस्या देखा परेको भन्दै विद्युत् प्रसारण लाइन निर्माण सम्पन्न गर्न वन मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए।  भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले जग्गा मूल्याकंनमा नै समस्या रहेको भन्दै जायजरुपमा मूल्याकंन गर्ने परिपाटी बनाउनु पर्ने आवश्यकता औंल्याए।  कार्यक्रममा मन्त्रालयहरुका सचिव, प्रधान सेनापति,  नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीले विद्युत् प्रसारण लाइन निर्माणमा देखा परेका समस्या र समाधानका उपायबारे धारणा व्यक्त गरेका थिए।  अर्थसचिव शिशिरकुमार ढुङ्गानाले आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तीव्रता दिने तयारी अनुसार प्रसारण लाइनमा देखा परेका समस्या समाधानका लागि बैठक आयोजना गरिएको जानकारी दिए ।  आगामी वर्षको बजेटमा तामाकोशी आयोजनाबाट २८८, रसुवागढी १११, सेन्जेन र माथिल्लो सेन्जेन ५६, त्रिशुली बी बाट ३७, राहुघाट ४०, मध्य भोटेकोशीबाट १०२ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट १ हजार ५५ गरी १ हजार ६२९ मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने उल्लेख गरिएको छ ।