ओली–नेपाल वार्ताका ११ तस्बिर

नेकपा एमालेको विवाद समाधानको पहल स्वरुप बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताबीच वार्ता भयो । एमाले विवाद मिलाउन गठन भएको कार्यदलका केही सदस्यसमेत सहभागी बैठकमा ठोस सहमति नभएपनि छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । वार्ताका तस्बिरहरु हेर्नुहोस्/ तस्बिर-रासस र प्रम सचिवालय  

सम्बन्धित सामग्री

एउटै ड्रेसअपमा ओली-नेपाल, नेता-कार्यकर्तामा खुशीयाली

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विगत चार दशकदेखिको आत्मीय सम्बन्धमा दरार आएको थियो। पार्टी फुटको संघारमै पुगिसकेको थियो। यसका कारण नेता तथा कार्यकर्तामा नैराश्य छाएको थियो। तर आज ओली र नेपालबीच भएको सहमतिपछि नेता-कार्यकर्ता खुशी देखिएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत् खुशीयाली साटासाट गरिरहेका छन्। एउटै खालको ड्रेसअपसहितको तस्बिर देखेपछि नेता-कार्यकर्ता हर्षित बनेका छन्।

ओली नेपाल भेटवार्ताको तस्बिर सार्वजनिक

काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै दुई घण्टा गोप्य वार्ता भयो । काठमाडौको मेरियट होटलमा दुई नेताबीच झण्डै दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा के के छलफल भयो भन्ने खुलिसकेको छैन । तर, नेताद्वय बीच भएको भेटवार्ताको तस्वीर भने सार्वजनिक भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सूर्य थापाले दुई नेताबीच भएको वार्ताको तस्वीर सार्वजनिक गरेका हुन् ।भेटवार्तापछि बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले अहि

ओली–नेपाल भेटको तस्बिर बाहिरियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटको तस्बिर सार्वजनिक भएको छ । राजधानीको मेरियट होटलमा दुई नेताबीच करिब दुई घण्टा वान टु वान वार्ता भएको हो । पार्टी फुट उन्मुख भएको बेला दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र नेपालबीच भएको भेटको तस्बिर सार्वजनिक गरेका छन् । भेटबारे अहिलेसम्म दुबै नेताले कुनै प्रतिक्रिया दिएका छैनन् । भेटपछि एमालेभित्रको विवाद कुन दिशातिर जाला भन्नेमा सर्वत्र चासो छ ।