ओली नेपाल भेटवार्ताको तस्बिर सार्वजनिक

काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै दुई घण्टा गोप्य वार्ता भयो । काठमाडौको मेरियट होटलमा दुई नेताबीच झण्डै दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा के के छलफल भयो भन्ने खुलिसकेको छैन । तर, नेताद्वय बीच भएको भेटवार्ताको तस्वीर भने सार्वजनिक भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सूर्य थापाले दुई नेताबीच भएको वार्ताको तस्वीर सार्वजनिक गरेका हुन् ।भेटवार्तापछि बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले अहि