एउटै ड्रेसअपमा ओली-नेपाल, नेता-कार्यकर्तामा खुशीयाली

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विगत चार दशकदेखिको आत्मीय सम्बन्धमा दरार आएको थियो। पार्टी फुटको संघारमै पुगिसकेको थियो। यसका कारण नेता तथा कार्यकर्तामा नैराश्य छाएको थियो। तर आज ओली र नेपालबीच भएको सहमतिपछि नेता-कार्यकर्ता खुशी देखिएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत् खुशीयाली साटासाट गरिरहेका छन्। एउटै खालको ड्रेसअपसहितको तस्बिर देखेपछि नेता-कार्यकर्ता हर्षित बनेका छन्।