सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर मृत्यु हुनेको सङ्ख्या बुधबार १०० भन्दा बढी पुगेको छ। फिलिपिन्समा हालै आएकोे आँधकिो प्रभाव सेबु प्रान्तमा सबैभन्दा बढी परेको छ। सेबुमा मङ्गलबार आएको आँधीका कारण विभिन्न शहरहरूमा बाढी पसेको थियो । बाढीले कार, नदी किनारका झुपडी र ठूला ढुवानी कन्टेनरसमेत बगाएको थियो। सेबुका प्रवक्ता रोन […]
बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ आम निर्वाचनपछि आफ्नो ब्यारेकमा फर्किने बुधबार बताएको छ । सेना मुख्यालयको आर्मी ट्रेनिङ एन्ड डक्ट्रिन कमान्डका जनरल अफिसर लेफ्टिनेन्ट जनरल मोहम्मद मैनुर रहमानले बुधबार ढाकामा पत्रकार सम्मेलनमा भने, “चुनाव सकिएपछि सेना आफ्नो ब्यारेकमा फर्कनेछ ।” उनले चुनावले देशलाई थप स्थिर बनाउने र समग्र सार्वजनिक सुरक्षामा […]
काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई विपक्षी बनाउनुपर्ने आधार कारण नभेटेको बताएको छ। बुधबार संवैधानिक इजलासले रिट निवेदकहरुलाई दललाई विपक्षी बनाउनुपर्ने कारण नदेखिएको बताएको हो। रटि निवेदक अधिवक्ता पुण्यप्रसाद खतिवडासहितले दायर रिटमा माग गरेबमोजिम दललाई लिखित जवाफ पेस गर्नुनपर्ने आदेश भएको हो। आदेशमा राष्ट्रपति कार्यालयसहितका बाँकी प्रतिवादीलाई सात दिनभित्र लिखित जवाफ […]
तनहुँ – जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेको छ । कार्यालयले मतदाता नामावली दर्ता, त्रुटी सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले निर्वाचनको तयारीका लागि आन्तरिक कामहरूलाई तीव्ररूपमा सञ्चालन गरिएको जानकारी दिए । लम्सालले जिल्लाभित्र रहेका मतदान केन्द्र, मतदान स्थल […]