विराटनगर : प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै यति वेला प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू गृहकार्यमा जुटेका छन्।प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठन गर्न पुस २४ गते बेलुका ५ बजेसम्मको समय तोकेका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।प्रदेश १ मा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन। त्यसो हुँ