नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने संकेत गरेका छन् ।
मंगलवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने बताएका हुन् ।
त्यसका लागि सत्तारुढ गठबन्धनको बैठक भोलिका लागि तय भएको जानकारी प्रचण्डले गराएको एक स्थायी कमिटी सदस्यले लोकान्तरले जानकारी दिए ।
‘सत्तारुढ गठबन्धनको भोलिका लागि तय भएको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउँछ । त्यसपछि हामीहरू बसेर मन्त्री छानौंला,’ प्रचण्डले गरेको ब्रिफिङबारे ती सदस्यले लो...