काठमाण्डाै – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको आरोपमा अख्तियारले पूर्वप्रमुख आयुक्त बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले गएको मङ्सिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएपछि उहाँका तर्फबाट अधिवक्ता रमण श्रेष्ठ र कृष्ण ...