शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् । बाग्लुङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पौडेल प्रचार प्रसारमा व्यस्त छन् । चुनावी प्रचार प्रसारकै क्रममा उनले मन्त्रालयको नियमित काम समेत गर्दै आएका छन् । २ वटा विश्वविद्यालय थप गरिदैंछ । ख्वप विश्वविद्यालय र नेपाल विश्वविद्यालयको विधेयकका लागि सदनमा पठाउनुपर्ने भएकाले कागजातमा हस्ताक्षर गरेका थिए । नयाँ खुल्न लागेका दुईवटा विश्वविद्यालय स्थापनाका लागि ऐन बन्ने प्रक्रियाम