काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट विश्वका विभिन्न देशमा रू. ६७ अर्ब ६३ करोड बराबरको कृषि वस्तु निर्यात भएको छ । विश्वका विकसित मुलुकमा समेत यस्ता वस्तु निर्यात हुनु निश्चिय नै सन्तोषजनक विषय हो ।
यस अवस्थामा स्वदेशी उत्पादनमा ट्रेसेबिलिटी सहितको गुणस्तर नियन्त्रण र नियमनकारी निकायको क्षमता बढाउँदै गएमा कृषि उत्पादनको निर्यात बढाउन सकिन्छ । विकसित देशमा नेपालीको उपस्थिति बढ्दै जाँदा कृषि उत्पादन निर्यातको भविष्य उज्ज्वल देखिन्छ ।