राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्ने बताएकी छन् ।राष्ट्रपति निवासमा आज आयोजित कार्यक्रममा उनले ‘सबैका लागि शिक्षा’ को अवधारणालाई कार्यान्वयन गर्दै हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको पनि बताइन् ।राष्ट्रपतिले भण्डारीले भनिन्, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको ठूलो भूमिका ह