काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जातीय नरसंहार गराएको आरोप लगाएका छन्। अमेरिकाको आयोवा राज्यमा आयोजित एक कार्यक्रममा बाइडेनले पुटिनले युक्रेनी हुनु नै अपराध झैँ गरेर सर्वसाधारण मानिसहरु मारिरहेको आरोप लगाए। इन्धन समस्या सम्बन्धी कार्यक्रममा बाइडेनले परिवारको बजेट र इन्धनको मूल्य तिर्ने क्षमता आधा संसार पर रहेको कुनै तानाशाहले छेडेको युद्ध र जातीय नरसंहारमा भर पर्न नहुने बताए। आफ्नो टिप्पणीको व्याख्या गर्दै बाइडेनले आफूले नरसंहा