अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको आरोप लगाउनु भएको छ ।
पुटिनको आदेशमा युक्रेनमा गएको फेब्रुअरी २४ देखि रुसी सेनाले आक्रमण गर्दै आएको छ । रुसी सैनिकले गैरसैनिकको हत्या गरेका प्रमाणहरु आउने क्रम जारी रहेको बाइडेनले बताउनुभएको छ । पुटिनको आदेशमा युक्रेनमा भइरहेको अत्याचार ‘नरसंहार’ रहेको बाइडेनको भनाइ छ । युक्रेन तथा विश्वका विभिन्न देशका नेता एवम् अन्तर्राष्ट्रिय संगठनहरुले लगातार नरसंहार तथा युद्ध अपराधको आरोप लगाउँदै छ...