नेपालको संविधान २०७२ जारी भइसकेपछि राजनीतिक क्रान्तिको चक्र पूरा भयो, अब आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने भाषण नेताहरूले धेरै गरे । संघीय शासन प्रणालीलाई मजबुत बनाएर आर्थिक क्रान्तिका लागि स्थिर सरकार भन्दै एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडे । झन्डै दुईतिहाइ बहुमतको सरकार पनि बन्यो । पछि दुवै पार्टीको एकता भएर बन्यो— नेकपा ।