कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ ।कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको मृत्यु भइसकेको छ भने आजसम्म कूल एक हजार ८९७ सङ्क्रमित भएका छन् । पैँतीस जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइस