रुसले पश्चिमा देशहरूले तोकेको अधिकतम मूल्य सीमा पालना गर्ने देश र कम्पनीलाई तेल बिक्रीमा प्रतिबन्ध लगाउने भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेल बिक्रीमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका हुन्।जी–७ का सदस्यराष्ट्र, यूरोपेली संघ तथा अष्ट्रेलियाले यही डिसेम्बर ५ देखि लागू हुने गरी रुसले निर्यात गर्ने तेलको अधिकतम मूल्य ६० डलर प्रतिब्यारेल तोकेका थिए। रुसले अब आफ्नो तेल मूल्य सीमा लगाउने कसैलाई बिक्री नगर्ने बताएको छ। यो प्रतिबन्ध फेब्रुअरी १ देखि जुलाई १ सम्म पाँच महिना लागू हुनेछ
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ । दसैँ लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार सार्वजनिक भएपछि कम्पनीले प्रतिलिटर १० रुपैयाँका दरले खाने तेलको मूल्य घटाउने निर्णय गरेको हो । तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य लिटरमा […]
एजेन्सी, ९ जेठ । अफगानिस्तानमा उग्रवादी मुस्लिम संगठन तालिवानले सत्ता हातमा लिएपछि खाद्य सामाग्रीको मूल्य दोब्बर भएको छ । खाने तेलको मूल्य दोब्बरभन्दा बढी पुगेको छ । गम्भीर खाद्य संकटका कारण अफगानिस्तानमा अहिले भोकमरी बढेको छ । मानिसहरु पीठो र तेल समेत खरिद गर्न नसक्ने अवस्थामा पुगेका छन् । तालिवानको शासन आउनु अघि एक बोराको […]
२७ फागुन, काठमाडौं । तेल उत्पादकहरुले बजारमा खानेतेलको मूल्य बढेको भनि थप वृद्धि रोक्न घाटा खएर तेल बिक्री गरिरहेको दाबी गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेल उत्पादकहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यस्तो दाबी गरेको हो । खानेतेलको कच्चा पदार्थको मूल्य ४० देखि ५० प्रतिशत हाराहारीले बढे पनि तेलको […]
अमेरिकामा बढेको पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयास स्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्नेबारे घोषणा गर्ने भएका छन् । रणनीतिक पेट्रोलियम भण्डारबाट ५० मिलियन ब्यारल तेल झिक्नेबारे बाइडेनले मंगलबार औपचारिक घोषणा गर्ने भएका छन् । तेल झिक्ने घोषणा चीन, भारत, दक्षिण कोरिया, यूके लगायतका मुख्यरुपमा तेलको खपत गर्ने देशहरुसँगको समन्वयमा हुन लागेको ह्वाइट […]
काठमाडौँ– कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो । सङ्घका अनुसार सन् २०२० को […]
खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको स्ष्ष्टीकरण दिएको छ ।संघले सोमबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ ।“ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालसम्म तेलको कच्चा पदार्थ आयात हुने र […]
१७ जेठ, काठमाडौं । खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ । ‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म […]