नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई उपभोक्ताको देश बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टीको काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले राजाका पालामा स्थापना उद्योगहरूसमेत निजीकरण गरेर खत्तम पारिएको बताएका हुन् ।उनले भने, ‘३ करोड नेपालीले एक वर्षमा दुई जोर जुत्ता फेर्दा पनि वर्ष ६ करोड जुत्ता बिक्री हुन्थ्यो । तर स्वदेशमा उत्पादन हुने बाँसबारी जुत्ता कारखाना कहाँ गयो ?’ उत्पादन हुन थालेका कारखाना बन्द गराएर आज नेपालीहरू विदेशी कागज, कपडा प्रयोग गर्न