शेयर सदस्यलाई लाभांश स्वरुप इन्डक्सन चुल्हो प्रदान गर्न ऊर्जामन्त्रीले दिइन् सुझाव

पुस २४, ललितपुर । श्री गणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।  सभाका प्रमुख अतिथि एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी आर्थिक वर्षदेखि प्रत्येक शेयर सदस्यलाई लाभांश स्वरुप स्वदेशको विद्युत् खपत गर्न इन्डक्सन चुल्हो  प्रदान गर्न सुझाव दिइन् ।साथै उनले संस्थाले गर्दै आइरहेको वित्तीय सेवाको प्रशंसा गर्दै आउने दिनमा  सदस्य र समाजको हकहितका लागि रचनात्मक कार्यगर्दै जान सुझाव दिइन् ।  यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले  आफुसँग भएको पैसालाई लगानी गर्न आवश्यक रहेको भन्दै वित्तीय संस्थामा राखेमा थप पैसा आर्जन गर्न सकिने बताए । त्यस्तै ज्यापु समाज यलका  प्रथम उपाध्यक्ष सविना अवालेले कोरोना महामारीले थलिएको अर्थतन्त्रमा पनि संस्थाको आर्थिक प्रतिवेदन सन्तुलित रहेको बताइन् । सभामा संस्थाका कार्यकारी अध्यक्ष तीर्थलाल महर्जनले सञ्चालक समितिको तर्फबाट आव २०७७/ ०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७८/ ०७९ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।  उक्त प्रतिवेदन अनुसार आव २०७७/ ७८ मा संस्थाको शेयर पूँजी ८ करोड ६ लाख ३२ हजार ९०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड ८१ लाख ११हजार ७०९ रुपियाँ रहेको  छ । त्यस्तै संस्थाले ५१ करोड ५७ लाख ४१ हजार ५४२ रुपियाँ निक्षेप संकलन गरी २६ करोड ९० लाख ९७ हजार २४१ रुपियाँ कर्जा लगानी गरेको छ । सहकारीले गोदावरी नगरपालिकास्थित लेलेमा १२ रोपनी १४ आना ३ पैसा जग्गा कृषि परियोजना सञ्चालनको लागि जमीन खरीद गरेको पनि सो अवसरमा जानकारी दिइयो ।

सम्बन्धित सामग्री

सीसी क्यामेरा किन्दा स्कुटी, ल्यापटपदेखि वासिङ मेसिनसम्म उपहार

विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सीसी क्यामेरा खरिद गर्दा उपहार पाइने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्टले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको हो ।  कम्तिमा तिस हजार बराबरको सीसी क्यामेरा लगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्ड मार्फत उपहार प्रदान गर्ने यो योजना ल्याइएको हो । यस योजनामा ग्राहकले उपहारमा ई–स्कुटर, टेलिभिजन, वासिङ्ग मेशिन, फ्रिज, इन्डक्सन चुल्हो, मिक्सर,ग्राईन्डर,

धुलिखेल नगरपालिकाद्वारा दलित समुदायका ३० घरलाई इन्डक्सन चुल्हो प्रदान

मोतीराम तिमल्सिना, काभ्रे ।  धुलिखेल नगरपालिका वडा नम्बर १० ले वडामा रहेका ३० वटा घर परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गर्दा दलित समुदायको आय स्तर बढ्न नसक्दा थप व्यवहार पर्न नदिन स्थानीय सरकारको तर्फबाट कम खर्चमा खाना पकाउन सहज हुने चुल्हो उपलब्ध गराइएको वडा अध्यक्ष पुस्प राउतले बताउनु […]

कालीगण्डकीका दलितलाई बस्ती विकास कार्यक्रम

स्याङ्जा : जिल्लाको कालीगण्डकी गाउँपालिकाले दलित समुदायलाई लक्षित गर्दै दलित बस्ती विकास कार्यक्रम सञ्‍चालन गरेको छ।प्रत्येक वडामा दलित समुदायको मागअनुसार दलित बस्तीमा सडक शौचालय निर्माण र सोलार बत्ती राखिएको छ। यस्तै, आर्थिक उपार्जन गर्न सिलाई कटाई मेसीन प्रदान गरिएको छ भने ग्याँसको विस्थापन गर्न इन्डक्सन चुल्हो वितरण गरिएको छ।२०७६ सालबाट लागू गरिएको दलित बस्ती विकास कार्यक्रममार्फत यहाँका ६६६ घरधुरीका ३६६३ जना  प्रत्यक्ष लाभान्वित भएका छन्। पहिलो वर्ष बस्ती बस्तीमा सडक पुर्‍याउने