११ संघ–संस्थाबाट मात्रै ५० करोड कर उठ्न बाँकी, विद्युत् प्राधिकरणकै १५ करोड बाँकी, प्राधिकरणको नाममा महानगरले काट्यो पत्र
काठमाडौं महानगरपालिकाले ठूला करदातालाई करको दायरामा ल्याउने अभियान सुरु गर्ने भएको छ । बुधबार फनपार्कलाई...
वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल । मनै लोभ्याउने सुन्दर दृश्य । यो दृश्यमा अझै पनि धेरैको नजर पुग्न सकेको छैन । यहाँ पुग्ने बाटो सहज …
पेचिङ । केही वर्षयता चीन सरकारले त्यहाँको ठूला प्रविधि कम्पनीहरूमाथि कडाइ तीव्र पार्यो । विदेशी कम्पनीहरूमाथि कठोर व्यवहार गर्ने चीनले घरेलु कम्पनीहरूलाई लामो समय फक्रिने अनि फुल्ने अवसर/समय दियो । चिनियाँ कम्पनीहरू सीमापारका बजारमा समेत फक्रिरहे । तर, केही वर्षअघि सरकारले निजी क्षेत्रप्रति अचानक रवैया फेर्यो ।
नियामक कडाइको घेरामा प्रविधि क्षेत्रका ठूला कम्पनीहरू निशाना हुन थाले । व्यापार समुदाय त्रस्त बन्यो । कम्पनीहरूलाई खर्बौं युआन जरिवाना तिराइयो । सीमापार बजारमा आईपीओमा नै रोक लगाइयो । व्यापारीहरू विदेश नै पलायन भए ।
पछिल्लो समय घरेलु इन्टरनेट कम्पनी अलिबाबा इंकका संस्थापक ज्याक मा महिनौं लामो वनवास सकेर स्वदेश फिर्ता भएको अनि कम्पनी ६ ओटा छुट्टाछुट्टै कम्पनीमा विभाजित गर्ने खबरसँगै निजी क्षेत्रमा चीनको कारवाही र कडाइ अन्त्य हुन लागेको हो भन्ने आशा पलाएको छ ।
यही खबरबीच बुधवार अलिबाबाको शेयर मूल्य १५ प्रतिशतभन्दा धेरैले बढ्यो । मंगलवार मात्रै अलिबाबाले आफूलाई ६ टुक्रामा विभाजित गर्ने घोषणा गरेको थियो । सबै कम्पनीका लागि पैसाको जोहो गर्न आईपीओ जारी गर्ने र छुट्टाछुट्टै सीईओ राख्ने अधिकार थियो । यो कम्पनीको २४ वर्षे इतिहासको सबैभन्दा ठूलो पुनःसंरचना थियो ।
चीनको निजी क्षेत्रमा नियामक कडाइलाई कालो बादलको रूपमा हेरिरहेका लगानीकर्ताका लागि यो कदम नियामक कडाइको समापनको संकेत बनेको देखियो । कम्पनीलाई नै टुक्राएपछि अब कम्पनीमाथि नियामकका कर्के नजर नपर्ने एकाथरि लगानीकर्ताको आशा छ । कम्पनी विभाजनको योजनाबारे छलफल गर्न अलिबाबाले बिहीवार पत्रकार सम्मेलन गर्दैछ ।
गएको केही वर्षयता चीनले घरेलु कम्पनीहरू विशेषगरी इन्टरनेट, निजी शिक्षा र घरजग्गा बजारमा व्यापक नियामक कडाइ गरेको थियो । यसका कारण कम्पनीहरूले अर्बौं डलर बजार पूँजीकरण गुमाए भने लगानीकर्ताको मनोबलसमेत खस्कियो । नियामक दबाबका कारण कम्पनीले लामो समयदेखि नै व्यावसायिक एकाईहरूलाई छुट्याउने योजना बनाइरहेको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै सञ्चारमाध्यमहरूमा समाचार छापिएका छन् ।
अलिबाबा बाहिर र भित्रसमेत कम्पनीको व्यवसायको अन्तर्निहित मूल्यको तुलनामा शेयर छूटमा विक्री रहेको भन्नेमा सहमति देखिन्थ्यो । अब कम्पनीका आईपीओ हङकङ बजारमा जारी हुन सक्ने अनुमान केही स्रोतको छ । यसबारे कम्पनीले मुख खोलेको छैन । अलिबाबा आफै पनि होल्डिङ कम्पनीमा परिणत हुनेछ । समूहको सीईओको रूपमा ड्यानियल चाङले अलिबाबाको नेतृत्वका आफ्नो हातमा लिनेछन् ।
अलिबाबाको पुनःसंरचनालाई चीनबाहिर समेत महत्त्वपूर्ण प्रयोगका रूपमा हेरिएको छ । चीनका ठूला कम्पनीहरूले समाजलाई योगदान दे भन्ने सरकारको माग पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा यसले परीक्षण गर्नेछ । चीनले प्रविधि कम्पनीहरूमा कडाइ गर्दा अलिबाबा केन्द्रमा थियो । ई–कमर्शमा मनपरी गरेको अनि क्लाउड व्यवसायमा डेटाको सुरक्षामा लापरपाही अनि डेलिभरी एकाईमा श्रम अभ्यास आदिका नाममा अलिबाबामाथि नियामक कडाइ निकै कसिलो पारिएको थियो ।
नियामक कडाइ सहन नसकेर अलिबाबाका संस्थापक ज्याक माले देशै छाडेर विदेश पलायन भए । सन् २०२१ को अन्त्यतिर विदेश लागेका उनी कहिले जापान त कहिले कहाँ देखिएका थिए । अलिबाबाले कम्पनीको पुनःसंरचनाको घोषणा गर्नु एक दिनअघि अर्थात् सोमवार उनी हाङचाउमा देखिए ।
माको स्वदेश फिर्ती अनि कम्पनीको पुनःसंरचना, छुट्टाछुट्टै सीईओहरू अनि स्थानीय सरकारहरूले चीनको निजी क्षेत्रमाथिको आफ्नो रवैया केही नरम बनाउनुले लगानीकर्ताहरूमा मनोबल भरेको छ । बुधवार अलिबाबाको प्रतिस्पर्धी कम्पनी जेडी डटकमको शेयर मूल्यसमेत ७ दशमलव ८ प्रतिशतले बढेको थियो । चीनको सबैभन्दा ठूलो गेमिङ कम्पनी टेन्सेन्ट होल्डिङको शेयर ५ दशमलव १ प्रतिशतले बढ्यो ।
अलिबाबाको विभाजनले अन्य प्रविधि कम्पनीहरूलाई समेत भविष्यमा यस्तै खालको पुनःसंरचनामार्फत गुज्रिएर नियामक क्रोधलाई शान्त पार्ने बाटो खोलिदिन सक्ने अनुमान पनि बढेको छ । यस्तो भयो भने नयाँ आउने नियमनको चपेटामा पूरै कम्पनी आउने छैन । समस्याग्रस्त एउटा एकाई वा कम्पनी मात्रै नियामक छानबिनको घेरामा आउनेछ ।
–एजेन्सीहरूको सहयोगमा
काठमाडौं । विगत केही दिनदेखि सहरभित्र मापदण्डविपरीत बनाइएका संरचना भत्काउने अभियान थालेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को नजर अब ठूला तारे होटलमा सञ्चालित क्यासिनोतर्फ सोझिएको छ । हालसम्म बुझाउन बाँकी कर नतिरेको भन्दै काठमाडांै महानगरपालिकाले राजधानीभित्रका विभिन्न क्यासिनोलाई आगामी एक साताभित्र मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । सात क्यासिनोलाई बक्यौता तिर्न ताकेता आइतबार […]
The post मेयर बालेनको नजर तारे होटलका क्यासिनोतर्फ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता नहुने स्पष्ट पारेका छन्। पार्टी प्रशिक्षणको लागि गुल्मी पुगेका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता सम्भव नभएको बताएका हुन्। उनले वामपन्थी एकताका लागि ठूला पार्टी नै इच्छुक नभएको हुनाले एकता सम्भव नभएको बताए। उनले एमालेसँग पार्टी एकता नहुने तर माओवादीसँग भने एकताको कुरा चलिरहेको खनालको भनाइ छ।त्यस्तै उनले आफूले कुनै पदका लागि बार्गेनिङ नगरिरहेको बताए। तपाईको नजर राष्ट्रपतितिर हो रे नित भन्ने
काठमाडौं । सन् २०२२ को सुरुवाती ६ महिना बलिउडभन्दा दक्षिण भारतीय फिल्म बक्स अफिसमा प्रभावशाली रहे । ‘आरआरआर’ र ‘केजीएफ २’ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरेसँगै साउथ फिल्मप्रतिको आकर्षण थप बढेको छ । अब दर्शकको नजर नजर साउथका आगामी फिल्मप्रति परेको छ । केही ठूला फिल्मको प्रदर्शन मिति घोषणा भएको छ जसले नेपाली बक्स अफिसमा […]
एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि यो साता युरोपियन क्लब फुटबल फर्कंदैछ । यो साता मिलान डर्वीमा उपाधि होड तथा बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले बुन्डेसलिगामा कडा चुनौतीको सामना गरिरहेका छन् । यस्तै ला लिगामा जाभी हर्नान्डेजले शीर्ष चारको भिडन्तमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । यो साताको फुटबलको मुख्य भिडन्त यही नै हो । सबैको नजर यसमा […]
एजेन्सी। जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डले स्ट्राइकर इर्लिङ ब्राउट हालान्डलाई जारी ट्रान्सफर विन्डोमा नबेच्ने बताएको छ। २० वर्षे हालान्डलाई इङ्लिस क्लब चेल्सीले भित्र्याउन औपचारिक प्रस्ताव गरिएको बताइएको थियो। त्यसलाई डर्टमण्डले अस्वीकार गरेको हो। युरोपका ठूला क्लबको नजर हालान्डमाथि छ। साल्जबर्गबाट २०२० मा डर्टमण्ड आएका हालान्डले ६२ खेलमा ५९ गोल गरिसकेका छन्। उनले च्याम्पियन्स लिगको १६ खेलमा २० गोल गरिसकेका छन्।
चुनाव प्रचारप्रचारको अन्तिम दिन सोमबार उम्मेदवारहरू दिनभरजसो सभा र र्यालीमा व्यस्त भए । मौन अवधि सुरुसँगै उनीहरूले ‘भोटबैंक’ मा नजर लगाएका छन् । उम्मेदवारका सहयोगीहरू बाँके र बर्दियाका सबैभन्दा ठूला भोटबैंक मुक्त कमैया बस्तीहरूमा छिरिसकेका छन् ।