काठमाडौँ,२५ साउन । जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी लगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको सो टोलीले आज चस्मा पसलको नाम राखेर जुत्ता तथा चप्पल एवं बच्चाको कपडा आदि समेत बिक्री वितरण गरेको पाएसँगै सिल गरेको हो । […]