२०७२ सालमा हरेक प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णय अनुसार बुटवलमा २०७७ सालमा सुरक्षा घेराका बीच शिलान्यास भएको मोतिपुर औद्योगिक क्षेत्र निर्माणले गति लिनै सकेको छैन । बुटवलको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गाको विषय नै टुंगो नलाग्दा काम हुन नसकेको हो । सरकारले ८१३ बिघा जग्गाको स्वामित्व औद्योगिक क्षेत्रको नाममा दिएको छ ।