काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो ।