सरकारले भारतबाट खरिद गरेको १९ हजार मेट्रिक टन चिनी आउँदो साता नेपाली बजारमा आइपुग्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट चिनी खरिद गर्नका लागि छनोट गरेका सात वटा निजी व्यापारिक फर्मले आउने साता सो परिमाणको चिनी ल्याउने जनाएका हुन् ।
१७ कात्तिक, काठमाडौं । नेपाललाई तिहारअघि नै २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउन भारत सहमत भएको छ । बजारमा चिनीको अभाव चुलिएपछि केही दिन अघि सरकारले भारतलाई छोटो बाटोबाट चिनी उपलब्ध गराइदिन माग गरेको थियो । भारतीय दूतावासमार्फत भएको कूटनीतिक पहलमा भारतले चिनी दिन सहमति दिएको वाणिज्य मन्त्रालयलले जनाएको छ । मन्त्रालयका प्रवक्ता एवम् […]
१७ असोज, काठमाडौं । वाणिज्य, आपर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अभाव भएका बेला ७ मेट्रिक टन चिनी भन्डारण र कालोबजारीमा संलग्न फर्मलाई नाम मात्रैको कारबाही गरेर उन्मुक्ति दिने तयारी गरेको छ । असोज ३ मा लेबल नभएको ७० हजार किलो चिनीसहित विभागको टोलीले कुलेश्वरमा रहेको गुहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरेको थियो । सो फार्मलाई […]
३१ भदौ, काठमाडौं । सरकारले ५० हजार मेट्रिक टन चिनी माग्दै भारत सरकारलाई पत्र लेखेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीका अनुसार ५० हजार मेट्रिक टन चिनी समेत माग गरिएको हो । उनका अनुसार दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयमा चिनी अभाव हुन नदिन सरकारले भारत सरकारसँग चिनी माग गरेको हो […]
सरकारले चिनीको भाउमा देखिएको अनियमितता र मनलाग्दी रूपमा कायम गरिएको मूल्य नियन्त्रण गर्न चिनी खरिदको तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिलेको मूल्य र नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर ५० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी गरेको हो । सरकारले नेपाल र भारतीय सरकारबिच (जिटुजी) मार्फत समझदारी गरेर चिनी खरिद गर्ने गरी तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले ५० हजार मेट्रिक टन चिनी खरिदका लागि तयारी गरेको छ ।
अहिले बजारमा चिनी किलोको १ सय १० रूपैयाँमा बिक्री भैरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर छुटमा ५० हजार मेट्रिक टन चिनी खरिदको लागि अनुमति मागेको भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि बजारमा चिनी महँगिने भएको हो।...
काठमाडौं । अर्थ मन्त्रालयले समयमा चिनी आयात गर्नका लागि स्वीकृत नदिँदा यो वर्ष दसैं तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयले स्कीकृत नदिँदा अभाव भई महँगिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले […]