गलकोट नगरपालिकामा नगर प्रहरी

बागलुङ । बागलुङको गलकोट नगरपालिकाले नगर प्रहरी भर्ती प्रक्रिया शुरू गरेको छ । नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या र सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी गठन गर्न थालिएको हो । गतवर्ष नै नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेको नगरले चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएको हो । बागलुङका दश स्थानीय तहमध्ये नगर प्रहरी भर्ना गर्ने गलकोट तेस्रो नगरपालिका हो । नगरले तत्कालका लागि दुईजना जवान नियुक्त गर्ने सूचना अधिकारी तुलबहादुर विकले बताए । अहिले नियुक्त भएका प्रहरीले कार्यालय र सार्वजनिक सम्पत्तिको संरक्षणको काममा लाग्नेछन् । ‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन, कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन्,’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ ।’      यसअघि बागलुङ र ढोरपाटन नगरपालिकामा नगर प्रहरी गठन गरिएको थियो । नेपाल प्रहरीले नगरभित्रको शान्तिसुरक्षामा सहयोग गर्ने भए पनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको उनले बताए । ‘गतवर्ष हामीले घरको नक्सा पाससम्बन्धी कानून ल्यायौं तर कार्यान्वयनका बेला चुनौती आए, कम्तीमा खोजी गर्न, सचेत गराउन प्रहरी हुँदा सहज हुन्थ्यो,’ गैरेले भने, ‘सडकमा फोहोर गर्ने, सडकमै व्यापार गर्नेलाई नगरभन्दा कर्मचारीलाई टेरेनन्, आफ्नै प्रहरी भएपछि सहज हुने भो,’ उनले भने । रासस  

सम्बन्धित सामग्री

नगर प्रहरी प्रमुख राजु पाण्डेको बढुवा

३० असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा गरेको छ । हाल नगर प्रहरी उपरीक्षक रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ । सोही अनुसार कार्यपालिका वैठकमा सुशासन समितिका संयोजक ख्यामराज […]

थाहा नगरपालिकामा पहिलो पटक नगर प्रहरी

१९ असोज, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ति गरेको छ । राज्य पुनः संरचनापछि नगरपालिका बनेको थाहामा १० जना नगर प्रहरीहरु भर्ति भएका हुन् । बजार व्यवस्थापन, अग्नि नियन्त्रण, छाडा पशुव्यवस्थापन, सरसफाई तथा आपतकालिन उद्दारको काम गर्नको लागि नगर प्रहरी नियुक्त गरेको नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले जानकारी दिए । लिखित […]

लामखुट्टेका लार्भा नष्ट गर्न खटिए ६४ जना नगर प्रहरी

काठमाडौं महानगरपालिकाले लामखुट्टेका लार्भा नष्ट गर्न ६४ जना नगर प्रहरी खटाएको छ । ती नगर प्रहरी बायो लार्भिसाइडसहित हरेक वडामा पुगेर पानी जमेको ठाउँ खोज्नेछन् । उक्त स्थानामा लार्भिसाइड जैविक औषधि छर्किनेछन् ।...

ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी

३० कात्तिक, काठमाडौंं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ । नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी पनि खटाउन थालिएको हो । […]

१६२ नगर प्रहरी थप्दै महानगर

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १ सय ६२ जना नगर प्रहरी थप्ने भएको छ । महानगरपालिकाले टेण्डर आह्वान गरेर करारमा नगर प्रहरी थप्न लागेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । अर्यालका अनुसार निजी सेक्युरिटी कम्पनीहरु मार्फत पुर्व सेना, प्रहरी, प्रहरीका तालिम लिएकाहरुलाई छनौट गर्ने गरी टेण्डर समेत आह्वान भईसकेको छ । यसअघि […]

नगर प्रहरी थप्दै काठमाडौं महानगर

काठमाडौं, ११ साउन । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको संख्या बढाउने भएको छ । महानगरले १ सय ६४ जना नगर प्रहरी भर्ना गर्ने भएको हो । अहिले महानगरमा १ सय ७० जना मात्रै नगर प्रहरी छन् । फुटपाथ नियन्त्रण र सहरी व्यवस्थापनमा अहिले भएको जनशक्ति कम भएको निष्कर्ष निकाल्दै महानगरले जनशक्ति थप गर्न लागेको जनाएको छ […]

ललितपुर नगर प्रहरी : महिला पनि के कम ?

मुसा–बिरालोको खेल जस्तो देखिन्थ्यो, नगर प्रहरी र फुटपाथे पसलेहरुको दिनचर्या । नगर प्रहरी देख्ने बित्तिकै फुटपाथे पसलेहरु आफ्नो सामान लुकाउन दौडादौड गर्थे । कहिलेकाहीँ नगर प्रहरी उदार भइदिन्थ्यो । तर दशा बिग्रिएको बेला समातिन्थ्यो फुटपाथे पसले । अनि झ्याइँकुटी पार्थे नगरप्रहरीले । साथै सबै सरसामान पनि सोहोरेर लान्थे । जरिबाना तिरेर फिर्ता भए नि सामान दुरुस्तै भने पाइन्थ्यो ।विभिन्न हन्डर र ठक्कर खाएकी उनले डेढ वर्षअघि नगर प्रहरीको रुपमा जागिर सुरु गरेकी थिइन् । त्यतिबेला फुटपाथको पसल उठाउनु

ललितपुरमा नगर प्रहरी सूचना केन्द्र

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलवार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्दै ७ ठाउँमा यस्तै खालका सूचना केन्द्र स्थापना गरिने बताएका हुन् ।  कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । उनले महानगरपालिकाभित्रको सात स्थानमा यस्तो खालक...

नगर प्रहरी जितु !

चर्चित हास्य कलाकार जितु नेपाल नगर प्रहरी बनेका छन् । उनी सधैका लागि भन्दा पनि बुधबार एक दिनका लागि नगर प्रहरी बनेका हुन् ।महानगरदिवसको अवसर पारेर बुधबार साँझ बसन्तपुर डबलीमा आयोजित साँस्कृतिक कार्यक्रममा जितु नगर प्रहरीको भेषमा स्टेजमा प्रस्तुत भएका हुन् । जितुलाई नगर प्रहरीको भेषमा स्टेजमा देख्दा दर्शकले ताली र सिठीले साथ दिएका थिए । कार्यक्रममा जितुले नगर प्रहरीका विभिन्न पिडा कमेडीका रुपमा पस्किएका थिए । उनको ब्यङ्ग्यको बिषय नगर प्रहरीले सडकबाट उठाउने सवारी साधन, फुथपार्कका पसल लगाएत रहेको थ

अधिकांश नगर प्रहरी करारमा

नेपालको संविधान, २०७२ को अनुसूची ८ ले स्थानीय तहलाई नगर प्रहरी स्थापनाका लागि एकल अधिकार दिएको छ ।संविधान बनेको ६ वर्षभन्दा बढी समय र स्थानीय तह गठन भएको करिब ५ वर्ष पुग्नै लाग्दासमेत अधिकांश स्थानीय निकायमा करारमा नियुक्त गरेका अस्थायी प्रहरी छन् भने सीमित संख्याका स्थानीय तहसँग मात्र आफ्नै स्थायी नगर प्रहरी छ । संविधानको […]