जितपछि मछिन्द्रका प्रशिक्षकले भने : टीमको मनोबल बढेको छ

२२ मंसिर, काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार जाउलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानको सातदोबाटो युथ क्लबसंग अंक बराबरी गरेको छ । गोलअन्तरका कारण लिग तालिकाको दोस्रो स्थानमा रहेपनि मछिन्द्रले हालसम्म खेलेका तीनवटै खेलमा अपराजित यात्रा कायम राखेको छ । जावलाखेलविरुद्ध जितपछि मछिन्द्रका प्रशिक्षक प्रवेश […]

सम्बन्धित सामग्री

जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा सोमबार दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताउनुभयो । गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वादप्राप्त दोलखा धार्मिक र प्राकृतिक …

एमालेको आत्मविश्वास वृद्धि भएको छ : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् ।  झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा...

घट्यो लगानीकर्ताको मनोबल

चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीति सार्वजनिक भए यता सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबार मौद्रिक नीति जारी भएकै दिन बढेको सेयर बजार त्यसपछि भने लगातार ओरालो लागेको हो । मौद्रिक नीति आएको दिन भने लगानीकर्ता उत्साही हुँदा सेयर बजार २.९२ प्रतिशत अर्थात ५६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको थियो । आइतबार […]

नयाँ कम्पनी दर्ता घट्यो, निजीक्षेत्रका लगानीकर्ताको मनोबल खस्किएकै हो ?

काठमाडौं । आर्थिक गतिविधिमा आएको शिथिलताले निजीक्षेत्रका लगानीकर्ताको मनोबल खस्काएको पाइएको छ । पछिल्ला दुई वर्ष लगातार बढेको नयाँ कम्पनी दर्ता चालू आर्थिक वर्षमा उल्लेख्य घटेको तथ्यांकले उद्यमी एवं लगानीकर्ताको मनोबल खस्किएको संकेत गरेको हो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कम्पनी दर्ता संख्या गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले घटेको हो । लगानीकर्ताको मनोबल खस्किएको, नयाँ योजना बनाए पनि लगानी गर्न पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीले बताएका छन् । पब्लिक, प्राइभेट कम्पनी दर्ता गर्ने सरकारी अड्डा कम्पनी रजिस्ट्रारको कार्यालयमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १५ हजार १८७ नयाँ कम्पनी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको फागुनसम्ममा २१ हजार ९०२ ओटा नयाँ कम्पनी दर्ता  भएका थिए ।  आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्लो १० वर्षमा आर्थिक वर्ष २०७०/७१ देखि बढ्दै आएको नयाँ कम्पनी दर्ता आर्थिक वर्ष २०७६/७७ मा भने अघिल्लो वर्षको तुलनामा घटेको थियो । त्यसपछिका दुई वर्ष बढेको कम्पनी दर्ता चालू आर्थिक वर्षमा घटेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीले यो वर्ष कामको चाप घटेको बताएका छन् ।  कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार महेश बरालले यो वर्ष कम्पनी दर्तामा कमी आएको बताए । ‘कार्यालयमा हुने भिडभाड घटेको छ । दर्ता कम हुँदा त्यसपछि हुने काममा पनि स्वत: कमी आएको छ,’ बरालले भने, ‘अहिलेको अर्थतन्त्रको अवस्थाले गर्दा होला नयाँ कम्पनी दर्ताका लागि उत्साह देखिएको छैन ।’  राष्ट्रिय तथ्यांक कार्यालयले वैशाख तेस्रो साता सार्वजनिक गरेको तथ्यांकले समेत अर्थतन्त्रका क्षेत्रमध्ये पाँचओटा (खानी तथा उत्खनन्, उद्योग, निर्माण, व्यापार, यातायात तथा गोदाम) को वृद्धिदर ऋणात्मक भएको  देखाएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अर्का एक कर्मचारीले भने, ‘दर्ताका साथै अद्यावधिक गर्ने कार्य पनि घटेको छ भने शेयर लगतको काम ९० प्रतिशतले कम भएको छ ।’ कम्पनी दर्ता गर्दा निश्चित रकम प्रस्ताव गरिएको हुन्छ । त्यो प्रस्तावित रकम शेयर लगत गर्दा भने बैंकमा जम्मा गरेको देखिनुपर्छ । अहिले व्यवसायीहरूसँग पैसा नै नभएर शेयर लगतको काम गर्न कार्यालयमा नआएको अनुमान ती कर्मचारीले गरे । बहुसंख्यक लगानीकर्ताले नयाँ कम्पनी दर्ता, लगानी विस्तारलगायत काम रोकेका छन् । ‘व्यवसायीले नयाँ कम्पनी दर्ता गर्ने, थप क्षेत्रमा लगानी विस्तार एकल पूँजीले मात्रै सम्भव छैन,’ एकजना व्यवसायीले भने, ‘एकाध व्यवसायीले सक्लान् तर बहुसंख्यकले बैंकबाटै ७० प्रतिशतसम्म ऋण लिएर व्यवसाय गर्ने हो ।’ तर, अहिलेको परिस्थिति तथा सरकारले व्यवसायीको मनोबल बढाउने गरी काम नगरेको हुँदा लगानीकर्ताहरू नयाँ कम्पनी, नयाँ लगानीका लागि इच्छुक  नभएको उनले बताए । कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा नयाँ लगानी तथा कम्पनी खोल्नका लागि गरिएका अध्ययनको फाइल अहिले यत्तिकै थन्किएको भन्दै ती व्यवसायीले भने, ‘बैंकले ऋण दिँदैन, दिए पनि दोहोरो अंकमा ब्याज छ । बजारमा सामान विक्री हुँदैन । यो बेला नयाँ कम्पनीभन्दा पनि भएकै  व्यवसायलाई टिकाइराख्ने ध्याउन्नमा व्यवसायी छन् ।’ यो अवस्थामा कम्पनी दर्ता गरेर शुल्क तिर्ने, कम्पनी रजिस्ट्रारमा धाउने काम किन गर्ने भनेर व्यवसायीहरू ‘पर्ख र हेरको’ अवस्थामा रहेको उनले बताए । आर्थिक सर्वेक्षणअनुसार २०७५/७६ मा कम्पनी दर्ता २५ हजार ५०० रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा घटेको देखिन्छ । त्यसयताका दुई वर्षमा दर्ता संख्या बढेको देखिन्छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार हालसम्म प्राइभेट र पब्लिक कम्पनी गरेर ३ लाख ७ हजार ४३५ कम्पनी दर्ता छन् ।

च्यासलका प्रशिक्षकले भने : जितले मनोबल बढेको छ

११ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले एपीएफ फुटबल क्लबलाई १-० ले पराजित गर्दै पहिलो जित हात पार्‍यो । पहिलो खेलमा थ्री स्टारसंग ३-० ले हारेको च्यासलले दोस्रो खेलमा एपीएफलाई पराजित गरेको हो । पहिलो जितपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखल सन्तुष्ट देखिए । ‘जितले मोरल बुस्ट भएको छ । लास्ट […]

प्रकाशमान सिंहको प्रश्न : गणेशमानको परिवारले सँधै त्याग मात्रै गर्नुपर्ने ?

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताएका छन्। काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचायत्मक कार्यक्रममा बोल्दै नेता सिंहले १३ औं...

‘बिचौलिया रोक्न दृढ मनोबल र नयाँ संयन्त्र चाहिन्छ’

२०७७ असार/साउनताका केही मुद्दामा न्यायिक मान्यता र सिद्धान्त विपरीत आदेश/फैसला भएपनि कानून व्यवसायीहरु आन्दोलित भए । न्यायालयमा विकृति बढेको निष्कर्षसहित उनीहरुले देशव्यापी अभियान चलाउन थाले । कानून व्यवसायीहरुले आफ्नै छाता संगठनलाई समेत मूकदर्शक भएको आरोप लगाएपछि नेपाल बार एसोसिएसनले पनि विकृतिविरुद्ध आवाज उठायो । त्यही परिस्थितिमा एकाएक प्रधानन्यायाधीशको एकल निर्णयबाट न्यायालयको विकृति, विसंगति र भ्रष्टाचारवारे […]

धेरै कैदीलाई जेलमुक्त गर्न मन्त्रिपरिषद्बाटै नियमावली संशोधन

प्रहरी अधिकारीहरूको गुनासो छ– फितलो सजाय र कैद सजायमा छुटको प्रावधानले अपराधीहरूको मनोबल बढेको छ । तर, गृह मन्त्रालयको ध्यान भने कसरी धेरै अपराधी जेलबाट छुटाउने भन्नेमा छ । धेरै कैदी छाड्नकै...