प्राविधिक शिक्षा आर्जन गर्न छात्रवृत्ति

काठमाडौँ,२३ मँसिर । म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही रु २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गरी कृषकलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यले प्राविधिक शिक्षामा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो […]

सम्बन्धित सामग्री

विपन्नलाई छात्रवृत्ति

काठमाडौँ, २३ फागुन । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई […]

राप्ती गाउँपालिकाले प्राविधिक विषय पढ्न छात्रवृत्ति दिने

२७ कात्तिक, दाङ । आर्थिक अभावका कारण प्राविधिक शिक्षा लिनबाट कोही पनि बन्चित नहोउन् भन्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकाले विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ । आर्थिक रूपमा विपन्न, दलित, मुक्त कमैया र द्वन्द्वपीडित समुदायका विद्यार्थीलाई प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गाउँपालिकाले गरेको हो । प्रविधि, फार्मेसी, बीएससी एजी, बीभीएस्सी एण्ड ए […]

प्राविधिक पढ्ने विद्यार्थीको कमी, छात्रवृत्तिको रकम नै खर्च हुन सकेन

काठमाडौँ ।’रोल्पानगर, एक घर एक रोजगार’ नारा दिएर रोल्पा नगरपालिकाले सुरु गरेको प्राविधिक छात्रवृत्तिमा विद्यार्थीको आकर्षण देखिएको छैन । रोल्पा जिल्लामै पहिलोपटक प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन थालेको नगरपालिकाले कोटा अनुसार विद्यार्थी नपाउँदा हरेक वर्ष लक्षित कोटाको झण्डै आधा रकम फिर्ता हुने गरेको छ । निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्न चाहने, नगरभित्र बसोबास […]

सीटीईभीटीले माग्यो प्रि-डिप्लोमा तहमा छात्रवृत्ति आवेदन

१२ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९/८० का लागि प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा आवेदन माग गरेको छ । सीटीईभीटीले प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा एक हजार ८१४ कोटाको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो । शैक्षिक सत्र २०७९/०८० मा ‘प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा […]

सीटीईभीटीका परीक्षाहरू फागुन ६ बाट हुने, कुन विषयको कहिले ? [तालिकासहित]

कोरोना संक्रमण बढ्दै गएपछि स्थगित भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का परीक्षाहरू फागुन ६ गतेबाट सञ्चालन हुने भएका छन् ।   परिषद्ले मंगलवार परीक्षा सञ्चालनको मितिबारे निर्णय गरेको हो ।  विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गतका परीक्षा भने फागुन ८ बाट सञ्चालन हुने सीटीईभीटीले जनाएको छ ।  हेर्नुहोस् तालिका

छात्रवृत्तिको लागि फारम भर्न सीटीइभीटीको आग्रह

काठमाडौं, २४ मंसिर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले विशेष प्राविधिक शिक्षा तथा छात्रवृत्तिको लागि रजिस्ट्रेसन फारम भर्न आग्रह गरेको छ । सीटीइभीटीले डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको विशेष प्राविधिक शिक्षा कार्यक्रमको लागि फारम भर्न आह्वान गरेको हो । सीटीइभीटीले नेपाल सरकारको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत आंगिक र साझेदारीमा सञ्चालन भएका […]

मातृसेवा प्रतिष्ठानको २२९ विद्यार्थीलाई छात्रवृत्ति

पोखरा । मातृसेवा प्रतिष्ठान नेपालले कास्कीमा १ सय २५ गरिब तथा जेहेनदार विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरेको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा प्रतिष्ठानले यसअघि पाल्पाका १ सय ४ विद्यार्थीलाई ‘रम्भादेवी छात्रवृत्ति’ प्रदान गरेको थियो । कास्कीका ५ स्थानीय तहका ७२ वडाका १ सय २५ विद्यार्थीलाई दोस्रो चरणमा १९ लाख […] The post मातृसेवा प्रतिष्ठानको २२९ विद्यार्थीलाई छात्रवृत्ति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.