लामो समयदेखिका सहयात्री नै चुनावी प्रतिस्पर्धामा उत्रिएपछि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी रौनक बढेको बनेको छ‚ जहाँ नेकपा एमाले सचिव तथा यसअघिका मन्त्री एवं सांसद छविलाल विश्वकर्मा र भरखरै एमाले छाडेका नेता घनश्याम भूसाल चुनावी प्रतिस्पर्धामा छन् । लामो समय एउटै दलमा रहेका मात्र होइन‚ राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका दुई नेता फरक गठबन्धनबाट चुनावी मैदानमा उत्रिएपछि मतदाता भने अन्योलमा छन् ।