काठमाण्डौ – निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा ५ दशमलव ०६ प्रतिशत मत बदर भएको बताएको छ ।
आज सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मङ्सिर ४ गते सम्पन्न चुनावमा खसेको मतको ५ दशमलव ०६ प्रतिशत मत बदर भएको बताउनुभएको हो । उहाँले प्रदेश सभाको समानुपातिकतर्फको मत सबैभन्दा बढी बदर भएको बताउनुभयो । उहाँले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६ दशमलव ५५ प्रतिशत मत बदर भएको जानकारी दिनुभयो ।
त्यस्तै सबैभन्दा कम ...