खेल पत्रकारहरू सम्मानित

नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा खेल पत्रकारहरूलाई सम्मान गरेको छ ।नेपाल खेलकुद पत्रकार मञ्चले खेल पत्रकार मुकुन्द दाहाललाई अग्रज पत्रकार सम्मान तथा सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार गोविन्दराज नेपाललाई सम्मानित गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले २६औं स्थापना दिवसको अवसरमा आइतबार दाहाल र नेपाललाई सम्मान गरेको हो । मञ्चले […]

सम्बन्धित सामग्री

खेलकुद पत्रकार गौतम र राई सम्मानित

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)  खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित भएका छन् । एनएसजेएफले २७ औं स्थापना दिवसको अवसरमा उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी  (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।खेल पत्रकार

बक्सिङ खेल प्रतियोगितामा तीन खेलाडी सम्मानित

१३औं साग अन्तर्गत बक्सिङ खेल प्रतियोगितामा तीनजना स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको छ।...

खेल पत्रकार सम्मानित

पारामाउन्ट एकेडेमीले अभिभावक दिवसको अवसरमा विभिन्न राष्ट्रिय दैनिकका आठ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ।...

आठ जना खेल पत्रकार सम्मानित

बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले विभिन्न राष्ट्रिय दैनिकका ८ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ । पारामाउन्टले आफ्नो १७ औँ अभिभावक दिवस तथा सांस्कुतिक कार्यक्रममा खेल पत्रकारलाई सम्मान गरेको हो ।सम्मानित हुने खेल पत्रकारमा द हिमालयन टाइम्सका महेश आचार्य, गोरखापत्र दैनिकका प्रजित शाक्य, नागरिकका अनिल मल्ल ठकुरी, नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्याय, राइजिङ नेपालका प्रमोद जोशी, नेपाल समाचारपत्रका फिरोज राजोपाध्याय, राजधानीका रामसुदन तिम्सिना र सौर्यका रोशनकुमार सिंह रहेका छन् ।उनीहरुलाई पाराम

दिनेश सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – दिनेश सुनार अमेरिकामा सम्मानित भएका छन् । पार्कर साथै जिम्याष्टिक खेल क्षेत्रमा गरेको संघर्ष, योगदान र उपलब्धीको मुल्यांकन गर्दै अमेरिकाको वासिङटन डिसीस्थित नेपाली दूतावासले दिनेशलाई सम्मान गरेको हो । कार्यवाहक राजदूत कुमार खरेलले दिनेशलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । द मोस्ट स्टेन्डिङ फुल टुयिस्ट ब्याकफ्लिप्स इन ३० सेकेन्ड इज […]

ओलम्पियन ओझा गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित

ललितपुर (हाम्रो खेलकुद)– एथलेटिक्सका पूर्व प्रशिक्षक ओलम्पियन पुष्पराज ओझा गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा ललितपुर गोदावरी नगरपालिकाको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा ओझा सम्मानित भएका हुन् । आदर्श खेल व्यक्तित्व नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदाको टोलीका […]

फुटबलका मुख्य प्रशिक्षक अलमुताइरी सम्मानित

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विभिन्न तीन खेल क्षेत्रका खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मानित गरेका छन् । प्रधानमन्त्री कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला राष्ट्रिय भलिबल टोली, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा...

थाहाकर्मी ढकालसहित तीन पत्रकार सम्मानित

इलाम : जिल्ला फुटबल संघ इलामले थाहाकर्मी नमीन ढकालसहित तीन पत्रकारलाई सम्मान गरेको छ। पत्रकारिताको माध्यमबाट इलामको फुटबल खेल प्रवर्द्धनमा सहयोग गरेको भन्दै संघले सम्मान गरेको हो।सम्मानित हुने ढकालसहित विनय तिम्सिना र गणेश घिमिरे रहेका छन्। तीनै जनालाई जिल्ला लिगको समापनको अवसरमा सम्मान गरिएको हो। सम्मानित पत्रकारहरूलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, एन्फाका केन्द्रीय सदस्य निरोज खड्गी र जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठले नगदसहित सम्मानपत्र प्रदान गरेका छन्।

खेल संचारकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) –ब्यायामको सबैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले खेल संचारकर्मीलाई सम्मान गरेको छ । आफ्नो २१औं बार्षिक साधारण सभाको अवसरमा ब्यायाम मन्दिरले बिबिसीका बरिष्ठ खेल पत्रकार निरञ्जन राजबंशी, ग्यालेक्सी ४ केकी खेल पत्रकार सरिता श्रेष्ठ, नेपाल टेलिभिजनका कार्यक्रम निर्माता एवं पत्रकार प्रज्वल शाक्य र राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतलाई […]

खेलपत्रकारद्धय चित्रकार र साउद सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – खेल पत्रकारद्धय श्याम चित्रकार र जित बहादुर साउद सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिले शुक्रबार धुलिखेलमा आयोजित प्रथम राष्ट्रिय सम्मेलनमा चित्रकार र साउदलाई सम्मान गरेको हो । एसोसियट प्रदेश समितिले ७० वर्ष उमेर पार गरेर सक्रिय पत्रकारितामा आबद्ध चित्रकारलाई अग्रज पत्रकारिता सम्मान र साउदलाई कोरोना संकट सक्रिय […]