१७ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेर पोल्याण्ड पुगे

 हालसम्म युक्रेनबाट भागेर १७ लाखभन्दा बढी मानिस पोल्याण्ड पुगिसकेका छन् । पोलिस बोर्डर गार्ड एजेन्सीले सोमबार दिएको जानकारी अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म युक्रेनबाट भागेर १७.५ लाख मानिस पोल्याण्ड पुगेका छन् । सबै शरणार्थी पोल्याण्डमा नै बसिरहेको मान्यता राखिएको छ । वारसा युनिभर्सिटीमा भाइस रेक्टर फर रिसर्च माचिक दुश्चिकले १० लाखभन्दा बढी शरणार्थी पोल्याण्डमा नै भएको र अरु भने अन्य देशमा गएको जानकारी दिए ।  

सम्बन्धित सामग्री

युक्रेनका एक बालक एक्लै १२०० किलोमिटर यात्रा गरेर पुगे स्लोभाकिया

रुसको हमलापछि लाखौं मानिस युक्रेनबाट भागेर आसपासको देशमा शरण लिइरहेका छन् । अझै पनि पोल्याण्ड, रोमानिया, स्लोभाकिया जस्ता देशमा लगातार युक्रेनी शरणार्थी पुग्ने क्रम जारी छ । यसैक्रममा  एक शरणार्थी परिवारका ११ वर्षका एक बालक एक्लै १२०० किलोमिटरको यात्रा गरेर युक्रेनको जेपोरजियाबाट स्लोभाकिया पुगेको समाचार बाहिर आएको छ ।  ती बच्चाको नाम हो हसन ।बीबीसी हिन्दीकाअनुसार हसनकी आमा बुढी भइसकेकी हजुरआमालाई एक्लै छोडेर जान सक्ने अवस्थामा थिइनन् । उनले एक पासपोर्ट, २ साना ब्याग र नातेदा

रुस युक्रेन युद्धको प्रभाव : विस्थापित महिलालाई यौनदासी बनाइने खतरा

युक्रेनबाट भागेका शरणार्थी महिलालाई आपराधिक समूहले यौनदाशी र मानव दासको  रुपमा प्रयोग गर्न सक्ने देखिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि किभ लगायतका स्थानबाट १० लाखभन्दा बढी महिला र बालबालिका शरणार्थीका रुपमा अन्यत्र भागिसकेका छन् । युरोपेली संघका अधिकारी र संयुक्त राष्ट्रसंघले युक्रेनबाट झन्डै ७० लाख मानिस पोल्याण्ड,मोल्दोभा, रोमानिया, स्लोभाकिया र हंगेरीतर्फ जान सक्ने चिन्ता जनाएका छन् । यसले मानव तस्करीको अवस्था आउन सक्ने अभियानकर्ताहरुले बताएका छन् ।उनीहरुमध्ये धेरै यौनदासीमा परिणत हु

युक्रेन : जहाँ देशको अपीलपछि ‘बर्दी’ लगाइरहेका छन् सर्वसाधारण

रुसको हमलापछि लाखौँ जनता युक्रेन छोडेर गएका छन् । सयौँको संख्यामा मानिस अन्य देशमा जानका लागि सीमामा लाइन लागेर बसिरहेका छन् ।जबदेखि रुसले युक्रेनमाथि हमला गरेको छ त्यतिबेलादेखि अहिलेसम्म करिब एक लाख १५ हजारभन्दा बढी जनता सीमा पार गरेर पोल्याण्ड गइसकेका छन् ।तर देश छोडेर जान त्यति सहज छ र ?भाग्नेमा महिला र बालबालिकाःकेही मानिस दुई दिनदेखि लगातार हिँडिरहेका छन् । छिमेकी मुलुकसँग जोडिएका सीमाबाट १०–१० किलोमिटर टाढासम्म मानिसको लाइन छ । धेरै मानिस युक्रेनको हालको अवस्थाबाट बचेर बाहिर नि

५० लाख नागरिकले युक्रेन छोड्ने राष्ट्रसंघको भनाइ

एजेन्सी- संयुक्तराष्ट्र संघका सहायता एजेन्सीहरूले ५० लाख युक्रेनीहरू वरपरका देशहरूमा भाग्न सक्ने अनुमान गरेका छन्। कम्तिमा एक लाख मानिस रुसी आक्रमणबाट विस्थापित भइसकेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ। जसमध्ये आधा ४८ घण्टाभित्र प्रभावित भएका हुन्। पोल्याण्ड, मोलदोभा, रोमानिया, हंगेरी र स्लोभाकियाले आफ्नो सिमामा युक्रेनीहरु आइपुगेको बताएका छन्। बिहीबार यतामात्रै ३५ हजार मानिस पोल्याण्ड पुगेका […]

पोल्याण्डद्वारा सयौं आप्रवासीलाई प्रवेशमा रोक

पोल्याण्डले देशभित्र आप्रवासी प्रवेशमा रोक लगाएको छ। बेलारुससँगको पूर्वी सीमानामा जम्मा भएका सयौं मानिसलाई प्रवेशमा रोक लगाइएको हो।अरु हजारौं मानिस पोल्याण्डतर्फ आउँदै गरेको बताइएको छ। बेलारुसले आप्रवासीलाई जबर्जस्ती आफ्नो सीमातर्फ धकेलेको आरोप लगाउँदै पोल्याण्डले यसलाई आपराधिक कार्य भनी टिप्पणी गरेको छ।पोल्याण्ड सरकारले उनीहरुलाई रोक्न सीमा क्षेत्रमा १२ हजार सेना परिचालन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पोल्याण्ड, लिथुआनिया र लाट्भियाले बेलारुसबाट अवैधरुपमा आफ्नो देश प्रवेश